एजेन्सी – एफए कपको चौथो चरणमा आज राति प्रिमियर लिगका दुई चिरपरिचित प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुदैछ ।

खेल ओल्डट्राफोर्डमा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको युनाइटेड लिभरपुललाई हराउदै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । युनाइटेड पछिल्लो चार खेलमा अपराजित रहेको छ । यसक्रममा युनाइटेडले ३ जित र एक बराबरीको नतिजा निकालेको छ ।
युनाइटेडसँग एन्थोनी मार्सियाल, इडिन्सन काभानी, मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस, मासन ग्रीनवुड, पल पोग्वा, फ्रेड, ह्यारी मिगुएर, स्कट म्याक टोमिने, भिक्टर लिन्डेलफ, आरोन वान बिशाखा, इरिक बेइली, लुका सा र गोलरक्षक डेभिड हे गेयाको साथ रहेको छ ।
यता, लिभरपुल पनि युनाइटेडलाई उसकै मैदानमा हराउदै अन्तिम १६ को यात्रा तय गर्ने दाउमा हुनेछ । तर लिभरपुलको पछिल्लो प्रदर्शन स्थिर छैन । टोलीको पछिल्लो ५ खेलको नतिजामा मात्रै एक जित निकालेको छ । समान दुई बराबरी हारको नजिता छ ।
टोलीसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो, जर्जिन्हो वाइनाल्डम, थियागो अलकान्तरा, जद्रान शाकिरी, एन्ड्रिउ रोबर्टसन, जोर्डन हेन्डरसन, फाविन्हो, कर्टिस जोन्स, डिभोक ओरिगी, जेम्स मिल्नर, एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकरको साथ रहेको छ ।
यि दुई टोलीले गत साता प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दा खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसैले यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।