default_image

3 years ago

January 28, 2021

एभर्टन र लेस्टरको बराबरी, चेल्सी पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटी बराबरीमा खेल्दा लन्डन क्लब चेल्सी र पनि बराबरीमा रोकिएको छ । चेल्सी वल्भ्ससँग तथा लेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको हो । खेलमा एभर्टन र लेस्टर सिटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैद्यानमा एभर्टनले अग्रता जोगाउन नसक्दा लेस्टरसँग अंक बाड्नुपरेको हो । एभर्टनका […]

44 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटी बराबरीमा खेल्दा लन्डन क्लब चेल्सी र पनि बराबरीमा रोकिएको छ ।

चेल्सी वल्भ्ससँग तथा लेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको हो । खेलमा एभर्टन र लेस्टर सिटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैद्यानमा एभर्टनले अग्रता जोगाउन नसक्दा लेस्टरसँग अंक बाड्नुपरेको हो ।

एभर्टनका हामेस रोड्रिग्वेजले गोल गर्दा लेस्टरका युरी टिलेमान्सले बराबरी गोल फर्काएका थिए । यो बराबरीसँगै लेस्टर २० खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा एभर्टन १८ खेलबाट ३३ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नयाँ प्रशिक्षक थोमस टुचेलको पहिलो खेलमा चेल्सीले वल्भ्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलको पाँचौ मिनेटमा नै ओलिभर जिरुउडको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३९औं मिनेटमा हाकिम जियाचको फ्रिकिकमा एन्टेनियो रुडिगरको प्रहारलाई वल्भ्सका गोलरक्षक रुइ प्याट्रिसियोले बचाउदा चेल्सी अग्रता लिनबाट चुक्यो । ६१औं मिनेटमा माटियो कोभासिसको पासमा काई हाभर्टजले कट ब्याक दिएको पासमा बेन चिलवेलको वान टच प्रहार क्रसबारमा लाग्दै बाहिरियो ।

७१औं मिनेटमा चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीको गलत पासमा पेड्रो नेटो र ड्यानियल पोडेन्सको समन्वयमा बनेको मुभमा वान भर्सेस वानकै अवस्थामा नेटोको प्रहार क्रसबारमा लाग्दा वल्भ्स अग्रता लिनबाट चुक्यो ।

८६औं मिनेटमा कलुम हड्सन ओडोइको प्रहारलाई गोलरक्षक प्याट्रिसियोले मुस्किले विफल पार्दै संकट टारे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रिस्टियन पुलिसिसको क्रस मासन माउन्टलाई डिफ्लेक्ट अुदै आएको बललाई काई हाभर्टजको हेडर प्रयास विलियन जोसले ब्लक गर्दै चेल्सीलाई निराश पारे ।

यो बराबरीसँगै चेल्सी २० खेलबाट ३० अंक जोडेर आठौं स्थानमा रहेको छ । वल्भ्स २३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.