default_image

3 years ago

January 29, 2021

इब्राहिमोभिच किन अराजक ?

44 views

0 Bookmark

एजेन्सी – एसी मिलान दशक यता यो सिजन निकै लयमा छ । अहिले सिरि एको शीर्षस्थानमा रहेको छ । तर टोलीका महत्त्वपूर्ण सदस्य रहेका ज्लाटान इब्राहिमोभिचको मैदानमा व्यवहार भने कसैले बुझ्न सकेका छैनन् ।

इब्रहिमोभिच ठूला खेलाडी हुन् । तर, उनको रिस र मैदानमा अराजकताले धेरैलाई आश्चार्यमा पार्ने गरेको छ । पछिल्ला तीन खेललाई हेर्दा पनि उनी कुनै न कुनै खेलाडीसँग विवादमा उत्रेका छन् ।

रोमेलु लुकाकु

मिलान डर्बी सधै तनावपूर्ण हुने गर्छ । तर यसपटक कोपा इटालियनमा दुई मिलान भिड्दा इब्राहिमोभिच र लुकाकुबीच विवाद हुन्छ भन्ने कसैलाई अनुमान थिएन । यसअघि उनीहरुबीच त्यस्तो विवाद देखिएको थिएन । इब्राहिमोभिचले उनलाई अपशब्द प्रयोग गरेका थिए । उनले लुकाकुकी आमालाई पनि गाली गरेको बताइएको छ ।

मंगलबार इब्राहिमोभिचको गोलमा मिलानले अग्रता लिएपनि टोलीलाई त्यसको फाइदा हुन सकेन । उनैले ५७ औं मिनेटमा रातो कार्डको सामना गर्नुपर्यो । दुई वटा पेनाल्टीमा लुकाकुले गोल गर्दै टोलीलाई जिताए ।

खेलको अन्त्यमा इब्राहिमोभिच निराश हुनुपर्यो । न उनी पूरा समय खेल्न पाए न त टोलीले जित्यो । अर्कोतर्फ लुकाकुको मुहारमा खुसी छायो । गोल पनि गरे टोली पनि सेमिफाइनल पुग्यो ।

डुभान जापाटालाई अपशब्द

यसअघिको खेलमा एट्लान्टनाका डुभान जामाथि पनि इब्राहिमोभिच खनिए । एसी मिलानले पेनाल्टी पाउने घटनाको सम्भावनामा भिएआर लिइएको थियो । त्यति बेला कोलम्बियनले इब्राहिमोभिचलाई केहि भनेको देखिएको थियो ।

डुभानले सोधेका थिए, ‘पेनाल्टी विना तिम्रो खेल सकिन्न । तिमी १३ औं चाहन्छौं ?’ त्यसमा इब्राहिमोभिचको जवाफ थियो, ‘तिमीले आफ्नो खेल जीवनभरमा खेलेको खेल भन्दा बढी मैले गोल गरेको छु ।’ उक्त खेलमा जपाटाले गोल गरेपछि टोलीले ३–० को जित हासिल गरेको थियो ।

डिएगो गोडिन

एट्लान्टा अघि एसी मिलानले काग्लिएरीको सामना गरेको थियो । त्यसमा इब्राहिमोभिचले २ गोल गरे, जसमा टोली विजयी भयो । तर, त्यसमा पनि इब्राहिमोभिचको गोडिनसँग विवाद भयो । इब्राहिमोभिचले उनलाई केहि भनेपछि दुवैले एकअर्कालाई टाउकोले धकेलेका थिए ।

नेडुम ओउहा

एमएलएसमा पनि इब्राहिमोभिच त्यस्तै थिए । उनी विपक्षी खेलाडीलाई उक्साउने प्रयास गर्थे । लस एन्जल्स ग्यालेक्सीबाट खेलेका उनले रियल साल्ट लेकका ओउहालाई गाली गरेका थिए । ‘खेलका दौरान उनले मलाई धम्क्याए’, ओनोउहाले भने, ‘उनले जे भने त्यसले मलाई नराम्रो लाग्यो । पछि उनले माफी मागे । तर उनले एमएलएसमा भने त्यो सहन गर्ने खालको थिएन ।’

सिमोन केएर

केएर अहिले एसी मिलानमा इब्राहिमोभिचका सहकर्मी हुन् । विगतमा उनीहरु बीच तनाव भएको थियो । त्यति बेला उनी म्यानचेस्टर युनाइटेडबाट र केएर फेनेरवाचबाट खेल्थे । त्यो खेल टर्किज क्लबले २–१ ले वियजी भएको थियो । त्यो खेलका दौरान इब्राहिमोभिच रिसाएर केएरको घाँटी समाउन पुगेका थिए ।

‘उनले जे गरे म त्यसमा आश्चार्य भएन’, उनले भने, ‘फुटबल एउटा खेल हो । म यसलाई त्यसरी गम्भिरतापूर्वक लिन्न । उनले के भने मैले सुनिन । तर मलाई थाहा छ उनी खुसी थिएनन् । उनी मैदानमा अराजक हुन्छन् । उनी कस्तो हुन्छन् मलाई थाहा छ ।’

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.