default_image

3 years ago

January 31, 2021

एमबाप्पेको सरुवा चर्चा

एजेन्सी – सरुवा बजार बन्द हुने दिन नजिकिदै गर्दा पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेको चर्चा सेलाएको छैन । रियल म्याड्रिडले फ्रान्सेली युवा स्टारलाई भित्राउन प्रयास गर्ने बारम्बार चर्चा हुने गरेको छ । यद्दपी त्यो सम्झौता सहज छैन भन्ने रियललाई पनि राम्ररी थाहा छ । कोभिड १९ का कारण धेरै क्लबको […]

41 views

0 Bookmark

एजेन्सी – सरुवा बजार बन्द हुने दिन नजिकिदै गर्दा पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेको चर्चा सेलाएको छैन ।

रियल म्याड्रिडले फ्रान्सेली युवा स्टारलाई भित्राउन प्रयास गर्ने बारम्बार चर्चा हुने गरेको छ । यद्दपी त्यो सम्झौता सहज छैन भन्ने रियललाई पनि राम्ररी थाहा छ । कोभिड १९ का कारण धेरै क्लबको आर्थिक अवस्था कमजोर भएको छ । रियल पनि त्यसबाट अलग छैन । तर पनि टोलीको योजनालाई जीवन दिनका लागि विश्व स्तरीय खेलाडीलाई भित्राउन जरुरी रहेको रियलको बुझाई छ ।

सन् २०१७ मा एमबाप्पेलाई भित्राउने मौका रियलसँग थियो । तर त्यति बेला रियलमा बिबिसी (बेन्जमा, बेल र रोनाल्डो) को दबदबा थियो । त्यो जोडीलाई टोली अलग गर्न चाहन्थेन । तर, अहिले करिम बेन्जेमा मात्र टोलीमा छन् । ग्यारेथ बेल लोनमा टोटनहम पुगेका छन् । सायद त्यति बेला एमबाप्पेलाई नलिएकोमा रियललाई पछुतो पनि हुन सक्दछ । लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जितेपछि क्रिस्टियानो रोनाल्डो पनि युभेन्ट्स लागेका थिए ।

अहिले पिएसजी पनि एमबाप्पेलाई जान दिन सक्ने मनस्थितिमा पुगेको देखिन्छ । पिएसजीसँग उनको सम्झौता सन् २०२२ को जुनमा सकिनेछ । पिएसजीले लिओनल मेस्सीलाई भित्राउने विषयमा सोचिरहेको चर्चा सुरु भएको छ । मेस्सीलाई भित्राउनका लागि एमबाप्पे र नेयमार मध्ये एकलाई विक्री गर्नुपर्ने हुन सक्दछ । नेयमार अहिले एमबाप्पले भन्दा पिएसजीको प्राथमिकतामा रहेको बताइन्छ ।

पिएसजीसँग एमबाप्पेका विषयमा दुई विकल्प रहेको बताइन्छ । पहिलो उनीसँगको सम्झौतालाई नविकरण गर्ने । अर्को समरमा १ सय ५० देखि १ सय ६० मिलियन युरोमा विक्री गर्नेछ । सिद्धान्तत रियलले भने १ सय २५ मिलियन युरोको सिमा भित्र रहेर खर्च गर्नुपर्नेछ । समान्य वर्षमा भए रियल उनका लागि ३ सय मिलियन पनि खर्च गर्न तयार हुने अनुमान गरिएको छ । त्यसर्थ रियलले एमबाप्पेलाई लिन आफ्ना केहि खेलाडी विक्री गर्न सक्ने सम्भावना छ ।

लियोनार्दासँगको कुराकानीपछि उनीहरु भिनिकस जुनियर वा थिबाओट कार्टियोस लिन सक्ने सम्भावना छ । बेल्जियन गोलकिपरलाई भने रियलले विक्री गर्ने सम्भावना छैन । तर भिनिकसका बारेमा भने टोली तयार हुन सक्दछ । त्यस्तै पिएसजीले राफल भेरान वा कासेमेरोमा पनि इच्छा देखाउन सक्दछ ।

अहिले एमबाप्पले पिएसजीमा बार्षिक १८ मिलियन पारिश्रमिक लिन्छन् । त्यो नेयमारको भन्दा आधा हो । यदि उनी रियल गए भने त्यहाँका सर्वाधिक कमाउने खेलाडी बन्ने सम्भावना छ ।

April 28, 2024

टोटेनहममाथि आर्सनलको जित

एजेन्सी – शीर्षस्थानको आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजय यात्रालाई जारी राखेको छ । आर्सनलले आइतबार भएको खेलमा शीर्ष पाँचको टोटनहमलाई ३–२ ले हराएको छ । खेलमा ३–० ले पछि परेरपनि टोटेनहम २ गोल फर्काउन सफल भएको थियो । यद्दपी टोली राबरी गर्न भने असफल रह्यो । आर्सनलको जितमा बुकायो साका, काइ हार्भेट्जले गोल गरे । […]

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

Success

Thank you for your time.