default_image

3 years ago

January 30, 2021

रियल लेभान्टेसँग स्तब्ध

एजेन्सी – ला लिगामा रियल म्याड्रिडको उपाधि दौडमा गम्भिर धक्का लागेको छ । इडर मिलेटोले खेलुको सुरुवातमै रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित रियल शनिबार लेभान्टेसँग २–१ ले स्तब्ध भएको छ । खेल १० औं मिनेटमा पनि पुगेको थिएन ब्राजिलियन रक्षकले रातो कार्डको सामना गर्नुपरेको थियो । सर्जियो लियोनलाई पछाडिबाट ट्याकल गरेपछि सुरुमा पहेलो कार्ड […]

47 views

0 Bookmark

एजेन्सी – ला लिगामा रियल म्याड्रिडको उपाधि दौडमा गम्भिर धक्का लागेको छ । इडर मिलेटोले खेलुको सुरुवातमै रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित रियल शनिबार लेभान्टेसँग २–१ ले स्तब्ध भएको छ ।


खेल १० औं मिनेटमा पनि पुगेको थिएन ब्राजिलियन रक्षकले रातो कार्डको सामना गर्नुपरेको थियो । सर्जियो लियोनलाई पछाडिबाट ट्याकल गरेपछि सुरुमा पहेलो कार्ड मात्र पाएका मिलेटोलाई रेफ्रीले भिएआरको रिभ्यूपछि रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए ।

१० खेलाडीमा सिमित भएपछि मार्को एसेन्स्यिाले गोल गर्दै रियललाई अग्रता लिदाएका थिए । पछि जोसे लुइस मोरालेसले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा रोजर मार्टीले गोल गरेपछि भ्रमणकारी टोलीले जित हासिल गरेको थियो ।

रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिड भन्दा ७ अंकले पछि छ । रियलको भन्दा एट्लेटिकोले २ खेल कम खेलेको छ । कोभिडका कारण प्रशिक्षक जिनेदिन जिदान टोलीका साथमा छैनन् । उनको सट्टा डेभिड बेटोलीले कार्यवहाक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

टोनी क्रुसको पासमा एसेन्सियोले १३ औं मिनेटमा गोल गरेका थिए । मोरेलेसले ३२ औं मिनेटमा गोल फर्काएका थिए । लेभान्टेले ६४ औं मिनेटमा गोलन्तरलाई दोब्बर पार्ने अवसर पाएको थियो । रोजरको पेनाल्टीलाई रियलका गोलकिपर थिवाओट कोर्टुवाले रोके ।

तर, खेल सकिन १२ मिनेट बाँकी रहँदा रोजरले गोल गर्दै लेभान्टेको जित निश्चित पारे । २० खेलमा रियलको ४० अंक छ । लेभान्टे २६ अंकका साथ नवौं स्थानमा उक्लेको छ । शीर्षस्थानको एट्लेटिको ४७ अंक छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.