default_image

3 years ago

January 31, 2021

बायर्नको ७ अंकको अग्रता, डर्टमुन्डको पूनरागमन जित

एजेन्सी – होफेनहाइनमाथि ४–१ को फराकिलो जित निकाल्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा ७ अंकको फराकिलो अग्रता कायम गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले होफेनहाइनमाथि फराकिलो जित दर्ता गर्दा जेरोमी बोएटिङ, थोमस मुलर, रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले गोल गरे । होफेनहाइनका एन्डरेज क्रामारिकले गरेको गोल सान्त्वना बन्यो । एलिएन्ज एरिनामा […]

23 views

0 Bookmark

एजेन्सी – होफेनहाइनमाथि ४–१ को फराकिलो जित निकाल्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा ७ अंकको फराकिलो अग्रता कायम गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले होफेनहाइनमाथि फराकिलो जित दर्ता गर्दा जेरोमी बोएटिङ, थोमस मुलर, रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले गोल गरे । होफेनहाइनका एन्डरेज क्रामारिकले गरेको गोल सान्त्वना बन्यो ।

एलिएन्ज एरिनामा बायर्नले ३२औं मिनेटमा जेरोमी बोएटिङको गोलबाट अग्रता लिएको थियो । ४३औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा एन्डरेज क्रामारिकले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

५७औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए । ६३औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई ४–१ को फराकिलो जित दिलाए । ७१औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गरेपनि भिएआरबाट बान्यता पाएन ।

यो जितसँगै शीर्षस्थानमा रहेको बायर्नको १९ खेलबाट ४५ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगलाई ७ अंकले पछि पारेको छ । लाइप्जिगको ३८ अंक छ । पराजित होफेनहाइन २२ अंक जोडेर १२औं स्थानमा छ ।

बुन्डेसलिगाकै अर्काे खेलमा बोरुसिया डर्टमुन्डले अग्सवर्गलाई ३–१ ले पराजित गरेको छ । डर्टमुन्डको जितमा थोमस डिलाने र जाडोन सान्चोले गोल गर्दा एक गोल उपहार पाएको थियो । एन्ड्रे हमले गरेको गोल सान्त्वना बन्यो । एर्लिङ ब्राउट हालान्डले पेनाल्टी चुकाएका थिए ।

यो जितसँगै डर्टमुन्ड ३२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित अग्सवर्ग २२ अंक जोडेर १३औं स्थानमा छ ।

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

April 27, 2024

एपिएफ पकलीलाई मिल्स गोल्डकपको उपाधि

विराटनगर (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले चौथों मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको फाइनलमा घरेलु टोली पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । एपिएफले २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । एपिएफको जितमा भरत कपाली, दिशन […]

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

Success

Thank you for your time.