default_image

3 years ago

January 31, 2021

युभेन्टसले साम्पडोरियालाई हरायो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले साम्पडोरियालाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्टसको जितमा फेडरिको चिइसा र आरोन राम्सेले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो । प्रतिस्पर्धात्मक खेलको २०औं मिनेटमा चिइसाले गोल गर्दै युभेन्टसलाई १–० ले अघि बढाए । उनले अल्भारो […]

24 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले साम्पडोरियालाई उसकै मैदानमा २–० ले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा युभेन्टसको जितमा फेडरिको चिइसा र आरोन राम्सेले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको २०औं मिनेटमा चिइसाले गोल गर्दै युभेन्टसलाई १–० ले अघि बढाए । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए । ३८औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

४२औं मिनेटमा रोनाल्डोले सुवर्ण अवसर पाएपनि उनले प्रहार गर्नुअघि साम्पडोरियाका योसिदाले क्लियर गर्दै संकट टारे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा आरोन राम्सले जुवान कोर्डाडोका पासमा गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए ।

यो जितसँगै युभेन्टस १९ खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टस शीर्षस्थानको एसी मिलानसँग ७ अंकले तथा दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकले पछि छ । युभेन्टसले एक खेल कम खेलेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १०औं स्थानमा छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.