default_image

3 years ago

February 3, 2021

हालान्डको निर्णायक गोलमा डर्टमुन्ड जर्मन कपको क्वाटरफाइनलमा

एजेन्सी – अतिरिक्त समयमा दोस्रो श्रेणीको पाडेरवर्नमाथि ३–२ को जित निकाल्दै बोरुसिया डर्टमुन्ड जर्मन कप (डिइफबी पोकल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा डर्टमुन्डको जितमा इम्री क्यान, जाडोन सान्चो र एर्लिङ ब्राउट हालान्डले गोल गरे । पाडेरवर्नका जुलियन जस्टभान र प्रिन्स ओसिइ ओवुसुले गोल गरे । डर्टमुन्डले दुई गोलको अग्रता जोगाउन नसक्दा खेल […]

61 views

0 Bookmark

एजेन्सी – अतिरिक्त समयमा दोस्रो श्रेणीको पाडेरवर्नमाथि ३–२ को जित निकाल्दै बोरुसिया डर्टमुन्ड जर्मन कप (डिइफबी पोकल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा डर्टमुन्डको जितमा इम्री क्यान, जाडोन सान्चो र एर्लिङ ब्राउट हालान्डले गोल गरे । पाडेरवर्नका जुलियन जस्टभान र प्रिन्स ओसिइ ओवुसुले गोल गरे । डर्टमुन्डले दुई गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

सिग्नल इडुना पार्कमा मंगलबार राति भएको खलेमा घरेलु टोली डर्टमुन्डले खेलको छैटौं मिनेटमा नै इम्री क्यानको गोलबाट अग्रता लिएको थियो । उनले थोमस डिलानेको पासलाई सदुपयोग गरेका थिए । १६औं मिनेटमा एर्लिङ ब्राउट हालान्डको पासमा सान्चोले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे ।

तर, डर्टमुन्डले दोस्रो हाफमा दुई गोलको अग्रता जोगाउन सकेन । ७९औं मिनेटमा जुलियन जस्टभानले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै पाडेरवर्नलाई खेलमा फर्कने संकेत दिए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा हालान्डले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा प्रिन्स ओसिइले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको अवस्थामा ल्याएर अतिरिक्त समयमा लम्ब्याए ।

९५औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई ३–२ को अग्रता दिलाए । उनले थोमस डिलानेको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमुन्ड विजयी हुदै अन्तिम आठको यात्रा तय गर्न सफल भयो ।

अन्य नतिजा
होल्सटाइन किइलविरुद्ध डम्सटार्ड (१–१) पेनाल्टी (–६), आरडब्लु इसेनविरुद्ध बायर लिभरकुसन (–१) अतिरिक्त समय, वेर्डर ब्रेमेनविरुद्ध ग्रेदर फुर्थ (–०)

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.