default_image

3 years ago

February 4, 2021

जेसस र स्टर्लिङको गोलको सिटीको जित

26 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेसस र इंग्लिस फरवार्ड रहिम स्टर्लिङको गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नलेमाथि उसकै मैदानमा २–० को सहज जित निकालेको छ ।

ट्रप मुरमा बुधबार राति भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा नै जेससले गोल गर्दै सिटीलाई १–० ले अघि बढाएका थिए । रहिम स्टर्लिङको पासमा बर्नाडो सिल्भाको प्रहारलाई बर्नलेका गोलरक्षक निक पोपेले बचाएपनि रिवाउन्डमा जेससले क्लोज रेन्जबाट हेडमार्फत गोल गरेका थिए ।

३८औं मिनेटमा इल्केए गुन्डोगानको पासमा रहिम स्टर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ४९औं मिनेटमा मिको गलत पासलाई गुन्डोगानले नियन्त्रणमा लिदै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५१औं मिनेटमा पोपेले स्टर्लिङको प्रहारलाई उत्कृष्ट बचाउ गरे ।

६३औं मिनेटमा बर्नलेले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा गोल अन्तर कम गर्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी २–० ले विजयी हुन सफल भयो ।

यो जितसँगै सिटीले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । एक खेल कम खेलेको सिटीको २१ खेलबाट ४७ अंक छ । दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडको ४४ अंक छ । पराजित बर्नले २२ अंक जोडेर १७औं स्थानमा छ ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.