default_image

3 years ago

February 4, 2021

लिगको अन्तिम खेलमा एपिएफ र आर्मी भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको अन्तिम खेलमा दुई विभागीय टोली तथा उपाधिको दावेदार नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार निकालेको लिगको दोस्रो राउन्डको खेल तालिका अनुसार एपिएफ र आर्मीबीच लिग अन्तिम दिन अर्थात ७ फागुनमा प्रतिस्पर्धा हुने भएको हो […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको अन्तिम खेलमा दुई विभागीय टोली तथा उपाधिको दावेदार नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार निकालेको लिगको दोस्रो राउन्डको खेल तालिका अनुसार एपिएफ र आर्मीबीच लिग अन्तिम दिन अर्थात ७ फागुनमा प्रतिस्पर्धा हुने भएको हो ।

दोस्रो राउन्डको खेल शनिबारदेखि सुरु हुँदैछ । दोस्रो राउन्डको पहिलो खेलमा शुक्रबार त्रिभुवन आर्मी फुटबल क्लब र चौदन्डगढी नगरपालिका उदयपुबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले पहिलो राउन्डमा चौदन्डगढीलाई १२–० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो राउन्डमा एपिएफले आर्मीलाई २–० ले हराएको थियो । एपिएफको जितमा अन्जली योन्जन र सरु लिम्बुले गोल गरेकी थिइन् । लिगको पहिलो राउन्डको ६ खेल सकिदा अपराजित रहेको एपिएफको १८ अंक पुगेको छ । एक गोल पनि नखाएको एपिएफले ४३ गोल गरेको छ । जसमा २४ गोल सावित्रा भण्डारी ‘साम्वा’ को नाममा रहेको छ ।

दोस्रो स्थानमा रहेको आर्मीको १३ अंक रहेको छ । आर्मी एपिएफसँग पराजित हुदा पुलिससँग गोलरहित बराबरी खेलेको थियो ।

विराटनगर १० अंक जोडेर तेस्रो तथा पुलिस ८ अंक जोडेर चौथो स्थानमा रहेको छ । ८ अंक रहेको वालिङ पाँचौ स्थानमा रहँदा चन्द्रपुरको ३ तथा चौदन्डीगढीले अंकको खाता खोल्न सकेको छैन ।

लिग तालिका

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.