default_image

3 years ago

February 4, 2021

आई लिगमा किरण सम्मलित टोलीको जित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले आई लिगमा दोस्रो जित हासिल गरेको छ । पन्जाबले बिहीबार तिडिम रोड एथलेटिक युनियन एफसीलाई २–० ले हराएको छ। टोलीलाई जित दिलाउन दुवै गोल भुटानी फरवार्ड चेन्चो ग्याल्त्सेन गोल गरेका थिए । उनले दुवै हाफमा गोल गरेका थिए । पहिलो गोल ४२ औं […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले आई लिगमा दोस्रो जित हासिल गरेको छ । पन्जाबले बिहीबार तिडिम रोड एथलेटिक युनियन एफसीलाई २–० ले हराएको

टोलीलाई जित दिलाउन दुवै गोल भुटानी फरवार्ड चेन्चो ग्याल्त्सेन गोल गरेका थिए । उनले दुवै हाफमा गोल गरेका थिए । पहिलो गोल ४२ औं मिनेटमा गोल गरेका चेन्चोले अर्को गोल ६५ औं मिनेटमा गरेका थिए । उनी  खेलको म्यान अफ द म्याच समेत चुनिए ।

यसअघि पन्जाबले सुदेभा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । यसअघिका ५ खेलमा १ जित १ मा बराबरी खेलेको पञ्जाबले २ खेलमा हार बेहोरेको थियो । किरणले सबै खेलमा पहिलो रोजाईमा खेल्दै आएका छन् । उनले दुई खेलमा कप्तानी समेत गरेका छन् ।

६ खेलमा पञ्जाबको ८ अंक पुगेको छ । पहिलो खेलमा अजवाललाई १–० ले हराएको पञ्जाबले त्यसपछिका दुई खेल गुमाएको थियो । गोकुलमसँग ४–३ र चर्चिल ब्रदर्शसँग १–० ले पराजित भएको पञ्जाबले यअसघि मोहमडनसँग गोलरहित बराबरी खेलेको थियो ।

५ खेलमा १२ अंक जोडेको चर्चिल ब्रदर्स शीर्षस्थानमा छ । पञ्जाबमा किरणको यो तेस्रो सिजन हो । उनको पहिलो सिजनमा टोलीले आई लिगको उपाधि जितेको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.