default_image

3 years ago

February 5, 2021

टोटेनहममाथि चेल्सीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटेनहम हस्टपरलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ । टोटेनहम हस्टपर स्टेडियममा बिहीबार राति भएको खेलमा चेल्सीको जितमा पहिलो हाफमा जर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जर्गिन्होले २४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । कप्तान सिसर एज्पिलिक्वेटाको पासमा टिमो वेर्नरले पेनाल्टी बक्सतर्फ […]

37 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटेनहम हस्टपरलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ ।

टोटेनहम हस्टपर स्टेडियममा बिहीबार राति भएको खेलमा चेल्सीको जितमा पहिलो हाफमा जर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जर्गिन्होले २४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए ।

कप्तान सिसर एज्पिलिक्वेटाको पासमा टिमो वेर्नरले पेनाल्टी बक्सतर्फ बल अघि बढाउदै गर्दा इरिक डाएरले वेर्नरमाथि फल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जर्गिन्हो चुकेनन् ।

३४औं मिनेटमा बल बचाउने क्रममा सिल्भा कार्लाेस भिनिसियससँग जुध्न पुग्दा सेन्टर ब्याक थियागो सिल्भाले चोट बोकेपछि चेल्सीले एन्ड्रिएस क्रिस्टेन्सनलाई मैदान प्रवेश गराएको थियो । ४२औं मिनेटमा ह्युङ मिन सनको फ्रिकिकमा सर्जी औरिएरको प्रहारलाई गोलरक्षक इडुआर्ड मेन्डीले सहजै बचाउदा टोटेनहम बराबरीबाट चुक्यो ।

५४औं मिनेटमा मासन माउन्टको पासमा कलुमहड्सन ओडोईको प्रहार ह्युगो लोरिसले मुस्किलले बचाए । ६०औं मिनेटमा मासन माउन्टले सुवर्ण मौकालाई सदुपयोग गर्न सकेनन् । ७६औं मिनेटमा मासन माउन्टको पासमा टिमो वेर्नरले अर्काे सुवर्ण अवसर खेल फाल्दा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

७९औं मिनेटमा इरिक लमेलाले एङ्गोलो कान्टेलाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक मेन्डीले डाइभ दिदै बचाए ।

यो जितसँगै चेल्सी २२ खेलबाट ३६ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित टोटेनहम २१ खेलबाट ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.