default_image

3 years ago

February 5, 2021

सिटीले हालान्ड अनुबन्धको प्रयास गर्ने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई आउँदो समरमा अनुबन्धको लागि प्रयास गर्ने भएको छ । सिटीले टोलीका फरवार्ड सर्जियो अगुइरोको विकल्पमा हालान्डलाई अनुबन्धको प्रयास गर्ने दि मिररले जनाएको छ । आउदो समरसँगै सिटीमा अगुइरोको सम्झौता सकिँदैछ । सिटीले ६६ मिलियन पाउन्ड रिलिज क्लज रहेका […]

34 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई आउँदो समरमा अनुबन्धको लागि प्रयास गर्ने भएको छ ।

सिटीले टोलीका फरवार्ड सर्जियो अगुइरोको विकल्पमा हालान्डलाई अनुबन्धको प्रयास गर्ने दि मिररले जनाएको छ । आउदो समरसँगै सिटीमा अगुइरोको सम्झौता सकिँदैछ । सिटीले ६६ मिलियन पाउन्ड रिलिज क्लज रहेका २० वर्षीय हालान्डका लागि १ सय मिलियन पाउन्ड खर्च गर्ने लक्ष्य राखेको छ ।

हालान्ड अनुबन्धको लागि सिटीसँगै चेल्सी, म्यानचेस्टर युनाइेटड र स्पेनिस क्लब रियल म्याड्रिडले पनि प्रयास गर्ने देखिएको छ । तर, सिटीले हालान्डका लागि प्रति साता ४ लाख पाउन्ड दिने प्रस्ताव अघि सारेको हो ।

हालान्डका बुवा एइफ इन्गेले सिटीका लागि २००० देखि २००३ सम्म ४१ खेले खेलेका थिए । सोही कारण पनि हालान्ड डर्टमुनडसँग नजिकिएको अनुमान गर्न सकिन्छ । हालान्डले यो सिजन डर्टमुनडका लागि २१ खेलमा २२ गोल गरिसकेका छन् ।

जसमा चार च्याम्पियन्स लिगको खेलमा ६ गा्ेल पनि समावेश रहेको छ । डर्टमुन्डमा हालान्डको सम्झौता २०२४ सम्म रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.