default_image

3 years ago

February 5, 2021

भुलबस श्रीमतीको औषधि खाँदा एक वर्ष प्रतिबन्ध

एजेन्सी – डच क्लब आयाक्सका गोलरक्षक आन्द्रे ओनाना भुलबस श्रीमतीको औषधि खाँदा एक वर्ष प्रतिबन्धमा परेका छन् । युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले शुक्रबार ओनानालाई एक वर्षका लागि प्रतिबन्ध गरेको जनाएको हो । यूईएफएको एन्टी डोपिङ नियमअनुसार ओनानाले भुलबस लिएको श्रीमतीको औषधिमा प्रतिबन्धित पदार्थ फ्युरोसेमाइड रहेकाले उनीमाथि कारवाही गरेको अनुशासन समितिले जनाएको छ । यूईएफएले […]

66 views

0 Bookmark

एजेन्सी – डच क्लब आयाक्सका गोलरक्षक आन्द्रे ओनाना भुलबस श्रीमतीको औषधि खाँदा एक वर्ष प्रतिबन्धमा परेका छन् । युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले शुक्रबार ओनानालाई एक वर्षका लागि प्रतिबन्ध गरेको जनाएको हो ।

यूईएफएको एन्टी डोपिङ नियमअनुसार ओनानाले भुलबस लिएको श्रीमतीको औषधिमा प्रतिबन्धित पदार्थ फ्युरोसेमाइड रहेकाले उनीमाथि कारवाही गरेको अनुशासन समितिले जनाएको छ । यूईएफएले प्रतियोगिता नखेलेको अवस्थामा गतवर्ष अक्टोबर ३० मा गरेको परिक्षणमा ओनानाले प्रतिबन्धित पदार्थ सेवन गरेको खुलेको थियो ।

ओनानाले अक्टोबर ३० कै दिन विहान आफू अस्वस्थ भएपछि औषधि सेवन गरेका थिए । उनले आफ्नो श्रीमतीलाई दिइएको लासिमाक नामक औषधि सेवन गरेका थिए । उनको परिक्षणमा प्रतिबन्धित पदार्थ सेवन गरेको थाहा भएपछि अनुशासन समितिले कारवाही गरेको हो । ओनानाले भुलबस सेवन गरेको भएपनि कारवाहीको भागिदार हुनुपर्ने समितिले जनाएको छ ।

ओनाना र डच क्लब आयाक्सले भने उक्त कारवाही विरुद्ध कोर्ट अफ आर्बीट्रेसन फर स्पोर्ट (कास) मा अपिल गर्ने भएका छन् । क्लबका प्रबन्ध निर्देशक एडविन भान डर सारले ओनानाबाट भुलबस यो कार्य भएकोले यति ठूलो कारवाही जायज नरहेको बताए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.