default_image

3 years ago

February 5, 2021

वडा नं ७ दुहबी मेयर कपको सेमिफाइनलमा

दुहबी (हाम्रो खेलकुद)– वडा नं ७ सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । वडा नं १ लाई शुक्रबार ६–१ ले हराउँदै वडा नं ७ अन्तिम चारमा पुगेको हो । वडा नं ७ लार्य जित दिलाउन दीलिप चौधरीले २ तथा, रामकुमार पासवा, अनिल चौधरी, सेवन ऋषिदेवले समान १ गोल गरे […]

20 views

0 Bookmark

दुहबी (हाम्रो खेलकुद)– वडा नं ७ सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । वडा नं १ लाई शुक्रबार ६–१ ले हराउँदै वडा नं ७ अन्तिम चारमा पुगेको हो ।

वडा नं ७ लार्य जित दिलाउन दीलिप चौधरीले २ तथा, रामकुमार पासवा, अनिल चौधरी, सेवन ऋषिदेवले समान १ गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । दोस्रो मिनेटमा रामकुमारको गोलबाट वडा नं ७ को अग्रता लिएको थियो । हमिदुल्लाको आत्मघाती गोलमा गोलअन्तर दोब्बर भएको थियो ।

अनिलले २१ औं मिनेटमा गोल थपे । दीलिपले २५ औं र ४८ औं मिनेमा गोल गर्दा ५–१ को अग्रता बनाएको थियो । सेवनले ५६ औं मिनेटमा गोल गर्दै अन्तरलाई बढाएका थिए । प्रेम पासवानले इन्जुरी समयको पहिलो मिनेटमा वडा नं १ का लागि गोल गरेका थिए ।

विजेता टोलीका सेवन ऋषिदेव खेलको म्यान अफ दी म्याच घोषित भएका छन् । उनलाई दुहबी नगरपालिका वडा नं १ का अध्यक्ष अजुल हुसेनले मेडलसहित २ हजार रुपैयाँ हस्तान्तरण गरे । प्रतियोगितामा शनिबार वडा नं ४ र ९ ले चौथो क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

दुहबी नगरपालिकाको आयोजना तथा दुहबीको एलेभन एरोज क्लबले संयोजन गर्ने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय र दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ७ हजार, सर्वाधिक गोलकर्ताले ६ हजार र विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.