default_image

3 years ago

February 6, 2021

शीर्षस्थानमा बायर्नको १० अंकको अग्रता

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले हर्था बर्लिनमाथि १–० को झिनो जित निकालेको छ । शुक्रबार राति घरेलु टोली हर्था बर्लिनमाथिको जितमा पहिलो हाफमा किङ्सले कोमानले गरेको गोल नै निर्णायक बन्यो । खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बायर्न अग्रता लिनबाट चुकेको थियो । तर, २१औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई […]

23 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले हर्था बर्लिनमाथि १–० को झिनो जित निकालेको छ ।

शुक्रबार राति घरेलु टोली हर्था बर्लिनमाथिको जितमा पहिलो हाफमा किङ्सले कोमानले गरेको गोल नै निर्णायक बन्यो । खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बायर्न अग्रता लिनबाट चुकेको थियो ।

तर, २१औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । त्यसपछि पनि बायर्नले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा कोमानको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै बायर्नले २० खेलबाट ४८ अंक जोडेर आफ्नो शीर्षता फराकिलो बनाएको छ । बायर्नले दोस्रो स्थानमा रहेको एक खेल कम खेलेको आरबी लाइप्जिगलाई १० अंकले पछि पारेको छ । लइप्जिगको ३८ अंक छ । पराजित हर्था १७ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.