default_image

3 years ago

February 6, 2021

मिलानलाई पछि पार्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पछि पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति फियोरेन्टिनालाई २–० ले पराजित गर्दै इन्टरले एसी मिलानलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । शीर्षस्थानमा उक्लिएको इन्टर मिलानको २१ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको मिलानको ४६ अंक छ […]

50 views

0 Bookmark

एजेन्सी – शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पछि पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

शुक्रबार राति फियोरेन्टिनालाई २–० ले पराजित गर्दै इन्टरले एसी मिलानलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । शीर्षस्थानमा उक्लिएको इन्टर मिलानको २१ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको मिलानको ४६ अंक छ । पराजित फियोरेन्टिना २२ अंक जोडेर १२औं स्थानमा छ ।

घरेलु टोली फियारेन्टिनामाथिको जितमा इन्टरका निकोलो बरेल्ला र इभान पेरिसिसले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो । खेलको ३१औं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । उनले एलेक्सिस साञ्चेजको पासमा गोल गरेका थिए ।

५२औं मिनेटमा इभान पेरिसिसले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले अचरफ हाकिमीको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा फियोरेन्टिनाले केही सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा घरेलु मैदानमा पराजित हुन पुग्यो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.