default_image

3 years ago

February 7, 2021

बिराटनगरमाथि चन्द्रपुरको जित

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रपुर नगरपालिका रौतहटले राष्ट्रिय महिला लिगमा बिराटनगर महानगरपालिका मोरङलाई १–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलको ७०औं मिनेटमा रजनी थोकरले गरेको गोल नै चन्द्रपुरको जितमा निर्णायक बन्यो । यससँगै चन्द्रपुरले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । पहिलो राउन्डमा चन्द्रपुर ५–० ले पराजित […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रपुर नगरपालिका रौतहटले राष्ट्रिय महिला लिगमा बिराटनगर महानगरपालिका मोरङलाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलको ७०औं मिनेटमा रजनी थोकरले गरेको गोल नै चन्द्रपुरको जितमा निर्णायक बन्यो । यससँगै चन्द्रपुरले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । पहिलो राउन्डमा चन्द्रपुर ५–० ले पराजित भएको थियो ।

३२औं मिनेटमा मेनुका आलेको पेनाल्टी बक्सबाहिरको प्रहार पोस्टमाथिबाट थोरै बाहिरिला चन्द्रपुर अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा मेनुका आलेको प्रहारलाई बिराटनगरकी गोलरक्षक तथा कप्तान कल्पना कार्कीले सहजै नियन्त्रणमा लिइन् ।

३९औं मिनेटमा बिराटनगरकी पार्वती घलेको प्रहार आकासियो । ५८औं मिनेटमा सविता रानामगरको प्रहारलाई गोलरक्षक कल्पना कार्कीले सुरुवातमा फुस्काएपनि दोस्रो प्रयासमा गोललाइनबाट बचाउदा चन्द्रपुर अग्रता लिनबाट चुक्यो ।

७०औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई १–० को अग्रता दिलाइन् । सुष्मा महर्जनले दिएको लामो पासमा सविता राना मगरले हेडमार्फत मुभ सिर्जना गरेकी थिइन् । रजनीले सुनिता भोलानको अन्तिम पासमा सहजै फिनिस गरिन् । त्यसपछि थप गोल निस्कन नसक्दा चन्द्रपुर विजयी हुन सफल भयो ।

यो जितसँगै छैटौ स्थानमा रहेको चन्द्रपुरको ७ खेलबाट ६ अंक पुगेको छ । पराजित बिराटनगर ७ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.