default_image

3 years ago

February 7, 2021

पुलिसमाथि वालिङको जित

काठमाडौं (हाम्रो खेलकुद) – वालिङ नगरपालिका स्याङ्जाले राष्ट्रिय महिला लिगमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा वालिङले पुलिसलाई १–० ले स्तब्ध पारेको हो । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो एलुड रुथले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि पहिलो राउन्डमा यि दुई टोलीले १–१ गोलको […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वालिङ नगरपालिका स्याङ्जाले राष्ट्रिय महिला लिगमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा वालिङले पुलिसलाई १–० ले स्तब्ध पारेको हो । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो एलुड रुथले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

यसअघि पहिलो राउन्डमा यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । पुलिसको यो लगातार दोस्रो हार हो । यसअघि पुलिस बिराटनगरसँग १–० ले स्तब्ध बनेको थियो ।

प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा मेथो एलुड रुथको पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा वालिङ अग्रता लिनबाट चुक्यो । लगत्तै काउन्टर अट्याकमा अवसर पाएपनि सदुपयोग हुन नसक्दा पुलिसले अग्रता लिन सकेन । ५१औं मिनेटमा टुटा नोइल्लीको प्रहार क्रसबारमा लागेर फर्कदा वालिङ अग्रता लिनबाट चुक्यो ।

५८औं मिनेटमा मेथो एलुड रुथले गोल गर्दै वालिङलाई १–० को अग्रता दिलाइन् । ६६औं मिनेटमा मेथो एलुड रुथको रक्षक पुजा रानालाई बिट गर्दै गरेको प्रहारलाई पुलिसकी गोलरक्षक सपना राईले उत्कृष्ट बचाउ गर्दा वालिङ अग्रता दोब्बर पार्नबाट चुक्यो ।

७९औं मिनेटमा निर्मला बिकले वान भर्सेस वानको अवस्थामा प्रहार गर्न ढिला गर्दा वालिङकी गोलरक्षक सावित्री किसानले बचाउने प्रयास गरेपनि नियन्त्रणमा लिन नसकेको बललाई
यो जितसँगै वालिङ ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित पुलिस ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

लिगमा सोमबार शीर्षस्थानमा रहेको एपिएफ र पुछारमा रहेको चौदन्डीगढी नगरपालिका उदयपुरबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.