default_image

3 years ago

February 7, 2021

वडा नं ७ दुहबी मेयर कपको फाइनलमा

दुहबी (हाम्रो खेलकुद)– वडा नं ७ सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नं ६ लाई शनिबार ४–२ ले हराउँदै वडा नं ७ मेयर कपको उपाधिनजिक पुगेकोहो । दुहवीमा आइतबार भएको खेलमा वडा नम्वर ७ को जितमा दिलिप चौधरी र धन कुमार खाले समान दुई गोल गरे । […]

37 views

0 Bookmark

दुहबी (हाम्रो खेलकुद)– वडा नं ७ सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नं ६ लाई शनिबार ४–२ ले हराउँदै वडा नं ७ मेयर कपको उपाधिनजिक पुगेकोहो ।

दुहवीमा आइतबार भएको खेलमा वडा नम्वर ७ को जितमा दिलिप चौधरी र धन कुमार खाले समान दुई गोल गरे । वडा नम्वर ६ का जितेन्द्र चौधरीले एक गोल फर्काए । खेलको ११औं मिनेटमा दिलिप चौधरीको पेनाल्टी गोलबाट वडा नम्वर ७ ले अग्रता लिएको थियो ।

३४औं मिनेटमा धन कुमार खाले गोल गर्दै वडा नम्वर ७ को अग्रता दोब्बर पारे । ५६औं मिनेटमा जितेन्द्र चौधरीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ६२औं मिनेटमा दिलिप चौधरीले गोल गर्दै वडा नम्वर ७ लाई ३–१ ले अघि बढाए ।

८०औं मिनेटमा धन कुमार खाले गोल गर्दै वडा नम्वर ७ लाई ४–१ को जित दिलाउदै फाइनलमा पु¥याए । विजयी टोलीका धन कुमार खा खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई दुहवी नगरपालिका सुनसरीका प्रशासकीय अधिकृत विनोद नेउपानेले २ हजार रुपैयाँ सहित मेडल हस्तान्तरण गरे ।

प्रतियोगितामा सोमबार वडा नं ४ र १० बीच दोस्रो सेमिफाइनल खेल हुनेछ । दुहबी नगरपालिकाको आयोजना तथा दुहबीको एलेभन एरोज क्लबले संयोजन गर्ने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय र दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ७ हजार, सर्वाधिक गोलकर्ताले ६ हजार र विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.