default_image

3 years ago

February 8, 2021

सिटीसँग लिभरपुलको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ । एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुल सिटीसँग ४–१ ले पराजित भएको हो । सिटीको जितमा इल्केए गुन्डोगानले २ तथा रहिम स्टर्लिङ र फिल फोडेनले समान एक गोल गरे । मोहम्मद सलाहको गोल सान्त्वना बन्यो । सवै पाँच गोल […]

33 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ ।

एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुल सिटीसँग ४–१ ले पराजित भएको हो । सिटीको जितमा इल्केए गुन्डोगानले २ तथा रहिम स्टर्लिङ र फिल फोडेनले समान एक गोल गरे । मोहम्मद सलाहको गोल सान्त्वना बन्यो ।

सवै पाँच गोल दोस्रो हाफमा निस्कदा घरेलु टोली निरिह बन्न पुग्यो । ३७औं मिनेटमा इल्केए गुन्डोगान पेनाल्टीमा चुक्दा सिटीले पहिलो हाफमा अग्रता लिन सकेन । ४९औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई १–० को हग्रता दिलाए ।

६३औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७३औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । उनले फिल फोडेनको पासमा गोल गरेका थिए ।

७६औं मिनेटमा रहिम स्टर्लिङले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई जिततर्फ अघि बढाए । ८३औं मिनेटम गाब्रियल जेससको पासमा फिल फोडेनले गोल गर्दै लिभरपुललाई ४–१ को लज्जास्पद हार चखाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको २२ खेलबाट ५० अंक पुगेको छ । उसले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई ५ अंकले पछि पारेको छ । पराजित लिभरपुल २३ खेलबाट ४० अंक जोडेर चौथो स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.