default_image

3 years ago

February 8, 2021

पीएसजीको जितमा एमबाप्पे र इकार्डीको गोल

एजेन्सी – केलियन एमबाप्पे र मोउरो इकार्डीको गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मार्सेमाथि २–० को सहज जित हात पारेको छ । मार्सेमा पीएसजीको जितमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । यस जितसँगै पीएसजीले गत सेप्टेम्वरमा घरेलु मैदानमा भोगेको १–० को हारको बदला लिएको छ । विवादित बनेको उक्त […]

42 views

0 Bookmark

एजेन्सी – केलियन एमबाप्पे र मोउरो इकार्डीको गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मार्सेमाथि २–० को सहज जित हात पारेको छ ।

मार्सेमा पीएसजीको जितमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । यस जितसँगै पीएसजीले गत सेप्टेम्वरमा घरेलु मैदानमा भोगेको १–० को हारको बदला लिएको छ ।

विवादित बनेको उक्त खेलमा पीएसजीका ३ तथा मार्सेका २ खेलाडीले रातो कार्ड पाएका थिए । पीएसजीका लेभिन कुर्जावा, लियान्द्रो डेनियल पारेडेस र नेयमारले रातो कार्ड पाउदा मार्सेका जोर्डन अमाभी र डारियो बेनेडेटियोले रातो कार्ड पाएका थिए ।

मार्सेमा आइतबार राति भएको खेलको नवौं मिनेटमा नै एमबाप्पेले गोल गर्दै पीएसजीलाई १–० का अग्रता दिलाए । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । २४औं मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले एलसान्द्रो फ्लोरेन्जीको पासलाई गोलमा परिणत गरेका थिए ।

दुई गोलले पछि परेको मार्सेले बल पोसेसन राखेपनि पीएसजीको बलिया रक्षापङ्ति तोड्न नसक्दा घरमै पराजित हुन पुग्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दिमित्री पायट रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि घरेलु टोली मार्से १० खेलाडीमा समेटिएको थियो ।

यस खेलमा प्रशिक्षक मोरिसियो पोचेटिनोले नेयमारलाई दोस्रो हाफमा मात्रै मौका दिएको थियो । नेयमार ६५औं मिनेटमा इकार्डीको स्थानमा मैदान छिरेका थिए ।

जितसँगै पीएसजी २४ खेलबाट ५१ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको लिलको ५४ तथा दोस्रो स्थानमा रहेको लियोनको ५२ अंक छ । पराजित मार्से ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.