default_image

3 years ago

February 13, 2021

म्यानचेस्टर सिटी र टोटेनहम भिड्दै

30 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले टोटेनहम हट्स्परको आतिथ्यता गर्दैछ । खेल राति ११ः१५ बजे इतिहाद स्टेडियममा हुनेछ ।

घरेलु मैदानमा टोटेनहमलाई पराजित गर्दै सिटी आफ्नो शीर्षता थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । शीर्षस्थानमा रहेको सिटीको २२ खेलबाट ५० अंक छ । पछिल्लो २२ खेलमा अपराजित रहेको सिटी टोटेनहमलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई पनि निरन्तरता दिने योजनामा हुनेछ । सिटी २१ नोभेम्वर २०२० मा टोटेनहमसँग २–० ल पराजित भएयता नै अपराजित छ ।

टोलीसँग रहिम स्टर्लिङ, गाब्रियल जेसस, फिल फोडेन, रोड्री, इल्केए गुन्डोगान, बर्नाडो सिल्भा, रुवेनि डियास, जोओ क्यान्सिलो, जोन स्टोन्स, ओलेक्सान्डर जिन्चेन्को र गोलरक्षक इडर्सन मोराएसको साथ रहेको छ । चोटका कारण केभिन डि ब्रुयन, सर्जियो अगुइरो, नाथन एके र फर्नाडिन्हो अनुपस्थित रहनेछ ।

यता, टोटेनहम पनि सिटीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । टोटेनहम सिटीको अपराजित यात्रामा पुर्णविराम लगाउने लक्ष्यमा हुनेछ । टोलीसँग ह्यारी केन, ह्युङ मिन सन, टांगी एनडोम्वेले, पिएरे इमिल होब्जजर्ग, मोउसा सिसाको, इरिक डाएर, टोवी एल्डरवेइरिल्ड र ह्युगो लोरिसको साथ रहेको छ ।

अन्य खेल : लेस्टरविरुद्ध लिभरपुल (साँझ ६ः१५ बजे), क्रिस्टल प्यालेसविरुद्ध बर्नले (राति ८ः४५ बजे) र ब्राइटनविरुद्ध एस्टन भिल्ला (राति १ः४५ बजे)

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.