default_image

3 years ago

February 14, 2021

मेस्सी चम्कदा बार्सिलोनाको सानदार जित

52 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सी र ट्रिन्काओको समान दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि ५–१ को सानदार जित निकालेको छ ।

घरेलु मैदानमा बार्सिलोनाको जितमा थप एक गोल जुनियर फिर्पाेको नाममा रहँदा एलाभेसका लुइस रिओजाको गोल सान्त्वना बन्यो । नोउ क्याम्पमा खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता बनाएको थियो । उनले मोरिवाको पासलाई सदुपयोग गरेका थिए ।

३६औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटम मेस्सीले सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा लुइस रिओजाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

त्यसपछि बार्सिलोनाले ७ मिनेटको अन्तरमा ३ गोल गर्दै सहज जित निकाल्न सफल भयो । ७४औं मिनेटमा ट्रिन्काओले मेस्सीको पासलाई सदुपयोग गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । लगत्तै ७५औं मिनेटमा कप्तान मेस्सीले एन्टोइन ग्रिजमनको पासमा गोल गर्दै खेललाई ४–१ को आरामदायी अवस्थामा ल्याए ।

८०औं मिनेटमा जुनियर फिर्पाेले ग्रिजमनको पासमा गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए ।

यो जितसँगै बार्सिलोना २२ खेलबाट ४६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४६ अंक नै रहेपनि गोल अन्तरमा रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको एट्ल्टिको म्याड्रिडको २१ खेलबाट ५४ अंक छ । पराजित एलाभेस २२ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.