default_image

3 years ago

February 14, 2021

टोटेनहममाथि सिटीको सहज जित

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार ११औं जित दर्ता गर्दा टोटेनहम हट्स्परलाई ३–० ले पराजित गरेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीको सहज जितमा इल्केए गुन्डोगानले दुई तथा रोड्रीले एक गोल गरे ।

यस जितसँगै सिटीले आफ्नो अपराजित यात्रा २३ खेलमा लम्ब्याएको छ । सिटी २१ नोभेम्वर २०२० मा टोटेनहमसँग २–० ले पराजित भएयता अपराजित छ । जस क्रममा सिटीले २० जित र ३ बराबरीको नतिजा निकालेको छ ।

खेलको २३औं मिनेटमा रोड्रीले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई १–० ले अघि बढाए । गोलरक्षक ह्युगो लोरिसले पेनाल्टी बक्समा रोड्रीलाई लडाएपछि प्राप्त पेनाल्टीमा रोड्री आफैले गोल गरेका थिए ।

५०औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले रहिम स्टर्लिङको पासमा गोल गरेका थिए । ६६औं मिनेटमा गुन्डोगानले गोलरक्षक इडर्सन मोराएसको लामो पासलाई सदुपयोग गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै सिटीले उपाधि यात्रालाई बलियो बनाउदा दोस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ७ अंकले पछि पारेको छ । २३ खेलबाट शीर्षस्थानको सिटीको ५३ अंक छ । दोस्रो स्थानको लेस्टरको ४६ अंक छ । पराजित टोटेनहम ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.