default_image

3 years ago

February 15, 2021

बेन्जेमा र क्रुसको गोलमा रियल विजयी

एजेन्सी – फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर टोनी क्रुसको गोलमद्दतमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलको जितमा भएको दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । अल्फ्रेडो डि स्टेफानोमा रियलले खेलको १२औं मिनेटमा बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले टोनी क्रुसको […]

58 views

0 Bookmark

एजेन्सी – फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर टोनी क्रुसको गोलमद्दतमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलको जितमा भएको दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । अल्फ्रेडो डि स्टेफानोमा रियलले खेलको १२औं मिनेटमा बेन्जेमाको गोलबाट अग्रता लिएको थियो ।

उनले टोनी क्रुसको पासलाई सदुपयोग गरेका थिए । ४२औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले लुकास भाज्क्वेजको पासलाई सदुपयोग गरेका थिए ।

दोस्रो हाफमा पनि रियलले भ्यालेन्सियालाई दवावमा राखेपनि थप गोल निकाल्न नसक्दा पहिलो हाफको दुई गोल नै रियलको जितमा पर्याप्त बन्यो ।

यो जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी कम गर्दै बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । रियलको २३ खेलबाट ४९ अंक पुगेको छ ।

दुई खेल कम खेलेको एट्लेटिकोको ५४ तथा एक खेल कम खेलेको बार्सिलोनाको ४६ अंक छ । पराजित भ्यालेन्सिया२४ अंक जोडेर १३औं स्थानमा छ ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.