default_image

3 years ago

February 15, 2021

लाजियोलाई हराउदै इन्टर मिलान शीर्षस्थानमा

एजेन्सी – लाजियोमाथि सहज जित दर्ता गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । इन्टरले शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । समान २२ खेलबाट इन्टरको ५० तथा मिलानको ४९ अंक छ । पराजित लाजियो ४० अंक जोडेर सातौं स्थानमा रहेको छ । घरेलु मैदान […]

42 views

0 Bookmark

एजेन्सी – लाजियोमाथि सहज जित दर्ता गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ ।

इन्टरले शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । समान २२ खेलबाट इन्टरको ५० तथा मिलानको ४९ अंक छ । पराजित लाजियो ४० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

घरेलु मैदान मिलानको इटालीमा आइतबार राति भएको खेलमा मिलानको जितमा बेल्जियन फरवार्ड रोमेलु लुकाकुले दुई तथा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले दुई गोल गरे । लाजियोका सेरगेज मिलिन्कोभिक साभिककोको गोल सान्त्वना बन्यो ।

खेलको २२औं मिनेटमा इन्टरले रोमेलु लुकाकुको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । लोउटारो मार्टिनेजलाई पेनाल्टी बक्समा होएडिटले लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै इन्टरलाई पेनाल्टी दिएको थियो । जसमा लुकाकु चुकेनन् ।

४५औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई पहिलो हाफमा २–० ले अघि बढाए । ६१औं मिनेटमा सेरगेज मिलिन्कोभिक साभिकले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । तर ६४औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई ३–१ को सहज जित दिलाए ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.