default_image

3 years ago

February 19, 2021

टोटेनहमको सानदार जित

37 views

0 Bookmark

एजेन्सी – युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगको खेलमा इंग्लिस क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब वल्फ्सवर्गर एसीमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा टोटेनहमको सानदार जितमा ह्युङ मिन सन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लाेस भिनिसियसले गोल गर्दा घरेलु टोलीका माइकल लिइन्डिलले एक गोल फर्काए ।

टोटेनहमले वल्फ्सवर्गर एसीविरुद्ध पहिलो हाफमा ३४ मिनेटभित्र नै ३–० को अग्रता लिएको थियो । १३औं मिनेटमा ह्युङ मिन सनले ग्यारेथ बेलको पासमा गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए ।

२८औं मिनेटमा माट दोहर्थीको पासमा बेलले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।
३४औं मिनेटमा लुकास मोउराले गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा नै ३–० को आरामदायी अग्रता दिलाए ।

५५औं मिनेटमा माइकल लिइन्डिलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८८औं मिनेटमा कार्लाेस भिनिसियसले इरिक लमेलाको पासमा गोल गर्दै टोटेनहमलाई ४–१ को सानदार जित दिलाए ।

यो महत्वपुर्ण खवे जितसँगै टोटेनहमले प्रि–क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग २४ फेब्रुअरीमा हुनेछ । वल्फ्सवर्गर एसीलाई अघिल्लो चरणको यात्रा तय गर्न टोटेनहमविरुद्ध ४–० को जित आवश्यक छ ।

अन्य नतिजा
डाइनामो किएभविरुद्ध क्लब ब्रग (१–१), ब्रागाविरुद्ध रोमा (०–), क्रास्नोडरविरुद्ध डिनामो जाग्रिव (२–), एफके क्रेभेना जेभेज्दाविरुद्ध मिलान (२–२), ओलम्पियाकोसविरुद्ध पीएसभी इन्डोभेन (–२), रियल सोसिडाडविरुद्ध म्यानचेस्टर युनाइटेड (०–)

स्लाभिया प्रागविरुद्ध लेस्टर सिटी (०–०), योङ ब्वाइजविरुद्ध बायर लिभरकुसन (–३), बेन्फिाकाविरुद्ध आर्सनल (१–१), ग्रानडाविरुद्ध नेपोली (–०), लिलविरुद्ध आयाक्स (१–), मकावी तेल अभिभविरुद्ध साख्तर डोनेक्स (०–), मोल्देविरुद्ध होफेनहाइन (३–३), रोयल एन्टवेर्पविरुद्ध रेन्जर्स (३–) र साल्जवर्गविरुद्ध भिल्लारियल (०–)

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.