default_image

3 years ago

February 21, 2021

क्यासमिरोको गोलमा रियल विजयी

51 views

0 Bookmark

एजेन्सी – ब्राजिली मिडफिल्डर क्यासमिरोको एकमात्र गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई १–० ले पराजित गरेको छ ।

रियलले भालाडोलिडको मैदानमा साँघुरो जित हात पारेको हो । बल पोसेसनमा बलियो पकड बनाएपनि रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

शनिबार राति भएको खेलमा क्यासमिरोले ६५औं मिनेटमा गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए ।

यो जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी ३ मा झारेको छ । दोस्रो स्थानमा रहेको रियलको २४ खेलबाट ५२ अंक छ । एक खेल कम खेलेको एट्लेटिकोको ५५ अंक छ । पराजित भालाडोलिड २१ अंक जोडेर १९औं स्थानमा छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.