default_image

3 years ago

February 21, 2021

बायर्न स्तब्ध, डर्टमुन्डको सानदार जित

एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख फ्रान्कफुर्टसँग २–१ ले स्तब्ध हुदा बोरुसिया डर्टमुन्डले साल्केमाथि ४–० को फराकिलो जित निकालेको छ । बायर्नलाई स्तब्ध पार्न दाइची कामदा र एमिन युनेसले गोल गरे । रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि बायर्नको हार टरेन । घरेलु मैदानमा बायर्नले खेलको १२औं मिनेटमा दाइची कामदाको गोलबाट अग्रता लिएको थियो […]

49 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख फ्रान्कफुर्टसँग २–१ ले स्तब्ध हुदा बोरुसिया डर्टमुन्डले साल्केमाथि ४–० को फराकिलो जित निकालेको छ ।

बायर्नलाई स्तब्ध पार्न दाइची कामदा र एमिन युनेसले गोल गरे । रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि बायर्नको हार टरेन । घरेलु मैदानमा बायर्नले खेलको १२औं मिनेटमा दाइची कामदाको गोलबाट अग्रता लिएको थियो । उनले फिलिप कोस्टिकको पासमा गोल गरेका थिए ।

३१औं मिनेटमा दाइची कामदाको पासमा एमिन युनेसले गोल गर्दै फ्रान्कफुर्टको अग्रता दोब्बर पारे । ५३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल गर्न नसक्दा बायर्न २–१ ले स्तब्ध बन्न पुग्यो ।

यो हारसँगै बायर्न २२ खेलबाट ४९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । फ्रान्कफुर्ट ४२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

अर्काे खेलमा डर्टमुन्डले साल्केलाई ४–० ले पराजित गर्दा एर्लिङ ब्राउट हालान्डले दुई तथा जाडो सान्चो र राफयल गुरेइरोले समान एक गोल गरे ।

यो जितसँगै डर्टमुन्ड २२ खेलबाट ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित साल्के ९ अंक जोडेर पुछारमा रहेको छ ।

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

Success

Thank you for your time.