default_image

3 years ago

February 21, 2021

कार्डिजविरुद्ध बार्सिलोनाको पुरानै टोली

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले काडिजविरुद्धको खेलमा पनि त्यसअघिकै टोलीलाई निरन्तरता दिने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध च्याम्पियन्स लिगमा खेलेकै टोलीलाई कोम्यानले आइतबार ला लिगामा निरन्तरता दिने भएका छन् । चोटका कारण रोनाल्ड अराजु, अन्सु फाती, फिलिप्पे काउटिनो र सर्जियो रोर्बेटोका साथ टोलीमा हुने छैनन् । त्यसै कारण कोम्यानले बी टोलीका […]

81 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले काडिजविरुद्धको खेलमा पनि त्यसअघिकै टोलीलाई निरन्तरता दिने भएका छन् ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध च्याम्पियन्स लिगमा खेलेकै टोलीलाई कोम्यानले आइतबार ला लिगामा निरन्तरता दिने भएका छन् ।

चोटका कारण रोनाल्ड अराजु, अन्सु फाती, फिलिप्पे काउटिनो र सर्जियो रोर्बेटोका साथ टोलीमा हुने छैनन् । त्यसै कारण कोम्यानले बी टोलीका इलिक्स मारिबा, कोनरा डि ला फुन्ट र एलेक्स कालाडोलाई टोलीमा समेटका थिए ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको बार्सिलोनाका लागि कार्डिजविरुद्धको खेल शीर्ष दुईमा रहेका टोलीसँग अंक दुरी घटाउने अवसर हुनेछ । शीर्षस्थानको एट्लेटिको म्याड्रिड शनिबारको खेलमा पराजित भएको थियो ।

रियलले भने जित निकालेको थियो । २३ खेल खेलेको एथलेटिकको ५५ र २४ खेलमा रियलको ५२ अंक छ । २२ खेलमा बार्सिलोनको ४६ अंक छ ।

काडिजविरुद्ध बार्सिलोना टोली

गोलकिपर – मार्क आन्द्रे टेर स्टेगन, नेटो, इन्की पेना

डिफेन्डर – सेर्जिनो डेस्ट, जेरार्ड पिके, क्लिमेन्ट लेङलेट, जोर्डी अल्बा, सामुयल उम्टिटी, जुनियर फिर्पो, ओस्कार मिन्गुइजा

मिडफिल्ड – सर्जियो बुस्केट्स, मिरालिम प्यानिच, रिक्वी पुज, पेड्री, म्याथुन फर्नान्डेज, फ्रेन्की डि जोङ

फरवार्ड – एन्टोइनी ग्रिजमन, मार्टिन ब्रेथह्वाइट, लियओन मेस्सी, ओसमाने डेम्बेले, फ्रान्सिको ट्रिनकाउ

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

Success

Thank you for your time.