default_image

3 years ago

February 21, 2021

बार्सिलोना जितबाट बञ्चित

एजेन्सी – खेलको अन्त्यतिर सम्हालिन नसक्दा क्याटलान क्लब बार्सिलोना ला लिगामा आइतबार बराबरीमा रोकिएको छ । काडिजविरुद्ध घरलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भएको हो । निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई क्याडिजका एलेक्स फर्नान्डेजले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुंगिएको थियो । कप्तान लिओनल मेस्सीलेको […]

44 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर सम्हालिन नसक्दा क्याटलान क्लब बार्सिलोना ला लिगामा आइतबार बराबरीमा रोकिएको छ । काडिजविरुद्ध घरलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भएको हो ।

निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई क्याडिजका एलेक्स फर्नान्डेजले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुंगिएको थियो । कप्तान लिओनल मेस्सीलेको गोलमा बार्सिलोनाले पहिलो हाफ अग्रता लिएको थियो । ३२ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

अघिल्लो साता च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पराजित बार्सिलोनाको हारपछि उपाधि दौड फेरि कमजोर भएको छ । सिजनमा मिश्रित खाले प्रदर्शन गरिरहेको बार्सिलोनालाई आइतबार जित निकाल्दै शीर्षस्थानको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडसँगको अंक दुरी घटाउने अवसर थियो ।

तर, टोली फेरि एक पटक अन्तिम समयमा पुगेर जितबाट विमुख भएको छ । शनिबार एट्लेटिको पराजित भएको थियो भने अर्को खेलमा रियल विजयी भएको थियो । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले काडिजविरुद्धको खेलमा पिएसजीविरुद्धकै टोलीलाई निरन्तरता दिएका थिए ।

बराबरीपछि तेस्रो स्थानको बार्सिलोनाको ४७ अंक पुगेको छ । एट्लेटिकोको ५५ र रियलको ५२ अंक छ । १४ औं स्थानको काडिजको २५ अंक छ । बार्सिलोनाले रियलभन्दा १ खेल कम खेलेको छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.