default_image

3 years ago

February 21, 2021

टोटेनहम वेस्ट ह्यामसँग पराजित

एजेन्सी – प्रिमियर लिगमा आइतबार जोसे मोउरिन्होको प्रशिक्षणमा रहेको टोटेनहम हट्स्परले अर्को हार बेहोरेको छ । सहरी प्रतिद्वन्द्वी वेष्ट ह्याम युनाइटेडसँग २–१ को हार बेहोरेपछि प्रशिक्षक माउरिन्होमाथि दबाब बढेको छ । अघिल्लो दिन लिगको साविक विजेता लिभरपुल एभर्टनसँग २–० ले पराजित भएको थियो । यस्तै अर्को पूर्व विजेता चेल्सी पनि बराबरीमा रोकिएको थियो । पाँचौं […]

35 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगमा आइतबार जोसे मोउरिन्होको प्रशिक्षणमा रहेको टोटेनहम हट्स्परले अर्को हार बेहोरेको छ । सहरी प्रतिद्वन्द्वी वेष्ट ह्याम युनाइटेडसँग २–१ को हार बेहोरेपछि प्रशिक्षक माउरिन्होमाथि दबाब बढेको छ ।

अघिल्लो दिन लिगको साविक विजेता लिभरपुल एभर्टनसँग २–० ले पराजित भएको थियो । यस्तै अर्को पूर्व विजेता चेल्सी पनि बराबरीमा रोकिएको थियो । पाँचौं मिनेटमा मिचेल एन्टोनियोको गोलबाट वेष्ट ह्यामले घरेलु मैदानमा अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुवातमै जेसे लिङगार्डले गोल गरेपछि वेष्ट ह्याम खेलमा थप मजबुत भएको थियो । लिङगार्डले ४७ औं मिनेटमा गोल गरेका थिए । ६४ औं मिनेटमा लुकास मोउराले गोल गरेपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो । तर, त्यसपछि माउरिन्होको टोलीले गोल थप्न नसक्दा हार स्वीकार्नुपर्यो ।

आइतबारकै अर्को खेलमा फुलह्याम सेफिल्ड युनाइटेडलाई १–० ले हराएको थियो । नवौं स्थानमा रहेको टोटेनहमको उपाधि दौड मात्र होइन अब शीर्ष ४ को दौड पनि कमजोर भएको छ । २४ खेलमा टोलीको ३६ अंक मात्र छ । जबकी शीर्षस्थानको म्यानचेस्टर सिटीको ५६ अंक छ ।

वेष्ट ह्याम भने चेल्सीलाई पछि पार्दै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । २५ खेलमा ४५ अंकका साथ वेष्ट ह्याम चौथो स्थानमा छ । एक खेल कम खेलेको तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ४६ अंक छ । लेस्टर ४९ अंकका साथ दोस्रो स्थानमा छ ।

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

Success

Thank you for your time.