default_image

3 years ago

February 21, 2021

मिलान डर्बीमा इन्टरको जित

एजेन्सी – लाउटारो मार्टिनेज र रामेलु लुकाकु चम्केपछि इटालियन सिरिए को मिलान डर्बीमा इन्टरले एसी मिलानमाथि सानदार जित निकालेको छ । शीर्ष २ टोलीबीचको आइतबार भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा इन्टर ३–० ले विजयी भएको हो । मिलानविरुद्ध मार्टिनेजले २ र अर्का फरवार्ड लुकाकुले १ गोल गरेका थिए । लुकाकुको पासमा मार्टिनेजले पाँचौं मिनेटमा गोल गर्दै […]

47 views

0 Bookmark

एजेन्सी – लाउटारो मार्टिनेज र रामेलु लुकाकु चम्केपछि इटालियन सिरिए को मिलान डर्बीमा इन्टरले एसी मिलानमाथि सानदार जित निकालेको छ । शीर्ष २ टोलीबीचको आइतबार भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा इन्टर ३–० ले विजयी भएको हो ।

मिलानविरुद्ध मार्टिनेजले २ र अर्का फरवार्ड लुकाकुले १ गोल गरेका थिए । लुकाकुको पासमा मार्टिनेजले पाँचौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । दास्रो हाफ सुरु भएको केहि मिनेटमै मार्टिनेजले अर्को गोल थप्दै टोलीको पकडलाई बलियो बनाए ।

इभान पेरिसिचको पासमा मार्टिनेजले ५७ औं मिनेटमा गोल गरेका थिए । तेस्रो गोल लुकाकुले ६६ औं मिनेटमा गरेका थिए । उनले पेरिसिचको सहयोगमा गोल गरेका थिए । यसपटकको सिरिएमा इन्टर र मिलानको प्रतिस्पर्धाले रोचक बनेको छ । साविक विजेता युभेन्ट्सले भने यसपटक मिश्रित खालको प्रदर्शन गर्दा उपाधि दौडमा केहि पछि रहेको छ ।

जितपछि २२ खेलमा इन्टरको ५३ अंक छ भने दोस्रो स्थानको मिलानको ४९ अंक छ । त्यति नै खेलमा रोमाको ४३ अंक छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.