default_image

3 years ago

February 22, 2021

युनाइटेडको सहज जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा रेलिगेसन क्षेत्रबाट एक स्थान माथि रहेको न्युक्यासललाई आइतबार पराजित गरेको छ । ३–१ को जितपछि युनाइटेड पुनः अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । युनाइटेडको जितमा मार्कस रासफोर्डको भूमिका महत्वपूर्ण रह्यो । इग्ल्यान्ड फरवार्डले ३० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । जारी सिजनमा रासफोर्डको त्यो […]

32 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा रेलिगेसन क्षेत्रबाट एक स्थान माथि रहेको न्युक्यासललाई आइतबार पराजित गरेको छ । ३–१ को जितपछि युनाइटेड पुनः अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

युनाइटेडको जितमा मार्कस रासफोर्डको भूमिका महत्वपूर्ण रह्यो । इग्ल्यान्ड फरवार्डले ३० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । जारी सिजनमा रासफोर्डको त्यो १८ औं गोल थियो ।

कोरोना भाइरसको लक्षण देखिएपछि दुई महिनापछि मैदानमा फर्केका एलान सेन्ट म्याक्समिनले ३६ औं मिनेटमा गोल गर्दै न्युक्यासलाई खेलमा फर्काएका थिए । न्युक्यासलले दोस्रो हाफको सुरुवातमै गोलको मौका पाएको थियो ।

५७ औं मिनेटमा डानियल जेम्सले गोल गरेपछि युनाइटेडले खेलमा पुनः अग्रता बनाएको थियो । त्यो अग्रतापछि न्युक्यासल खेलमा कमजोर हुँदै गायो । ब्रुनो फर्नान्डेसले ७५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको जितलाई सहज बनाए । सिजनमा त्यो उनको २२ औं गोल हो ।

न्युक्यासलले लिगका पछिल्ला १० खेलमा ८ खेल गुमाएको छ । न्युक्यासलको रेलिगेसन क्षेत्रमा रहेको फुलह्याम भन्दा ३ अंक बढी छ । युनाइटेडको भने लिगको पछिल्ला ६ खेलमा यो दोस्रो जित हो । दोस्रो स्थानमा फर्केपनि शीर्षस्थानको म्यानचेस्टर सिटीको भन्दा युनाइटेडको १० अंक कम छ । आइतबार नै सिटीले आर्सनललाई १–० ले हराएको थियो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.