default_image

3 years ago

March 1, 2021

चोटको समस्याबाट रियललाई राहत

एजेन्सी – रियल म्याड्रिडका केहि खेलाडी समूहगत अभ्यासमा फर्केका छन् । यसरी शनिबारको अभ्यासमा फर्कनेमा रोड्रिगो गोएस, फेडे भाल्भार्डे, मार्सेलो र अल्भारो ओड्रीओजोला छन् । प्रशिक्षक जिनेदिन जिदानले आइतबार प्रशिक्षणपछि सबैको अवस्था बारेमा थप जानकारी लिएपछि निर्णय लिनेछन् । रियल सोसिडाडविरुद्ध सोमबार हुने खेलअघि जिदानले चोट ठीक हुने क्रममा रहेको खेलाडीको अवस्था बुझेका हुन् । रोड्रिगो […]

34 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका केहि खेलाडी समूहगत अभ्यासमा फर्केका छन् । यसरी शनिबारको अभ्यासमा फर्कनेमा रोड्रिगो गोएस, फेडे भाल्भार्डे, मार्सेलो र अल्भारो ओड्रीओजोला छन् ।

प्रशिक्षक जिनेदिन जिदानले आइतबार प्रशिक्षणपछि सबैको अवस्था बारेमा थप जानकारी लिएपछि निर्णय लिनेछन् । रियल सोसिडाडविरुद्ध सोमबार हुने खेलअघि जिदानले चोट ठीक हुने क्रममा रहेको खेलाडीको अवस्था बुझेका हुन् ।

रोड्रिगो डिसेम्बर २३ मा मांशपेशीको चोटका कारण मैदान बाहिर रहँदै आएका छन् । ब्राजिलियन युवा जिदानका महत्वपूर्ण खेलाडी हुन् । एइबारविरुद्ध गोल गरेका उनले यो सिजन ६ एसिस्ट गरे ।

इडन हाजार्ड, करिम बेन्जेमाले पनि शनिबार अभ्यास गरेका छन् । तर उनीहरुले भने समूहसँग अभ्यास गरेका होइनन् । फ्रान्सेली फरवार्ड अर्को साता हुने एट्लेटिको म्याड्रिडसँगको खेलमा फर्कने अपेक्षा गरिएको छ । तर, हाजार्डले भने मैदान फर्कनका लागि अझै केहि समय कुर्नुपर्ने देखिएको छ ।

भाल्भार्डे पनि पूनरागमनको नजिक रहेको बताइएको छ । जनवरी ९ मा ओसासुनाविरुद्धको खेलका क्रममा उनीको माशंपेशीमा समस्या भएको थियो । त्यसयता उनले लिगका ६ खेल र एट्लान्टाविरुद्धको च्याम्पियन्स लिग खेल गुमाएका थिए । म्याड्रिड डर्बीमा उनले पूनरामगन गर्ने सम्भावना रहेको छ ।

इडर मलिटोले पनि बेन्जेमा र हाजार्ड जस्तै अभ्यास गरेका छन् । त्यसको अर्थ उनी पनि फर्कन केहि सयम लाग्ने देखिएको छ । चोटग्रस्त डानी कार्भजाल र सर्जियो रामोसले भने जितमा अभ्यास गरेका थिए ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.