default_image

3 years ago

March 1, 2021

मिलान र इन्टर मिलान विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष होडमा रहेको इन्टर मिलान र एसी मिलानले सफलता हात पारेका छन् । एसी मिलानले रोमालाई २–१ ले पराजित गर्दै शीर्ष स्थानको इन्टर मिलानलाई दवाव बढाएको छ ।मिलानको जितमा फ्रान्क केस्सी र एन्टी रेविचले गोल गर्दा रोमाका जोर्डन भेरेटआउटले एक गोल फर्काए । रोमामा आइतबार राति भएको खेलमा मिलानले […]

39 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष होडमा रहेको इन्टर मिलान र एसी मिलानले सफलता हात पारेका छन् ।

एसी मिलानले रोमालाई २–१ ले पराजित गर्दै शीर्ष स्थानको इन्टर मिलानलाई दवाव बढाएको छ ।
मिलानको जितमा फ्रान्क केस्सी र एन्टी रेविचले गोल गर्दा रोमाका जोर्डन भेरेटआउटले एक गोल फर्काए ।

रोमामा आइतबार राति भएको खेलमा मिलानले खेलको ४३औं मिनेटमा फ्रान्क केस्सीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ५०औं मिनेटमा जोर्डन भेरेटआउटले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५८औं मिनेटमा एन्टी रेविचले एलेक्सिसको पासमा गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । यो जितसँगै दोस्रो स्थानमा रहेको मिलानको २४ खेलबाट ५२ अंक पुगेको छ । पराजित रोमा ४४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा शीर्षस्थानमा रहेको इन्टर मिलानले जिनोआलाई ३–० को पराजित गरेको छ । इन्टरको जितमा रोमेलु लुकाकु, माटियो डारमिन र एलेक्सिस सान्चेजले गोल गरे ।

जितसँगै शीर्षस्थानमा रहेको इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानलाई ४ अंकले पछि पारेको छ । इन्टरको ५६ तथा मिलानको ५२ अंक छ । पराजित जिनोआ २६ अंक जोडेर १३औं स्थानमा छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.