default_image

3 years ago

March 2, 2021

रिचार्लीसनको गोलमा एभर्टनको जित

51 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब एभर्टनले साउथह्याम्टनलाई १–० ले पराजित गरेको छ ।

गुडिसन पार्कमा सोमबार राति भएको खेलमा एभर्टनको जितमा ब्राजिली फरवार्ड रिचार्लीसनले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको नवौं मिनेटमा गिल्फी सिगुर्डसनको पासमा गोल गरेका थिए ।

२६औं मिनेटमा एभर्टनका माइकल किनले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । एक गोलले अग्रता लिएको एभर्टनले बल पोसेसनमा साउथह्याम्टनसँग दवाव झेलेपनि गोल बचाइराख्न सफल हुदा साउथह्याम्टन फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो ।

यो जितसँगै एभर्टन २५ खेलबाट ४३ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ । एक खेल बढी खेलेको लिभरपुलसँग समान अंक भएपनि गोल अन्तरमा एभर्टन पछि छ । पराजित साउथह्याम्टन ३० अंक जोडेर १४औं स्थानमा छ ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.