default_image

3 years ago

March 7, 2021

बार्सिलोनाले ओसासुनालाई हरायो

36 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले ओसासुनामाथि उसकै मैदानमा २–० को सहज जित निकालेको छ ।

बार्सिलोनाको जितमा जोर्डी अल्वा र इलाइक्स मोरिावाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो ।

पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली बार्सिलोनाले खेलको ३०औं मिनेटमा जोडी अल्वाको गोलबाट अग्रता लिएको थियो । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।

८३औं मिनेटमा सव्सिच्युट मोरिवाले मेस्सीकै पासमा गोल गर्दै बार्सिलोनालाई २–० को सहज जित दिलाए । मोरिवा ६७औं मिनेटमा सर्जियो बुस्क्वेट्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउदा तेस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको छ छ । दुई खेल कम खेलेको शीर्षस्थानको एट्लेटिकोको ५८ अंक छ ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ । एक खेल कम खेलेको रियलको ५३ अंक छ । पराजित ओसासुना २८ अंक जोडेर १३औ स्थानमा छ ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.