default_image

3 years ago

March 11, 2021

शीर्षस्थानको म्यानचेस्टर सिटीको सानदार जित

70 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि ५–२ को सानदार जित निकालेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीको फराकिलो जितमा केभिन डि ब्रुयन र रियाद महारेजले समान दुई गोल गर्दा इल्केए गुन्डोगानले एक गोल थपे । साउथह्याम्टनका जेम्स वार्ड प्रोज र चे एडाम्सले गोल गरे ।

खेलको २१औं मिनेटमा केभिन डि ब्रुयनको गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । २५औं मिनेटमा जेम्स वार्ड प्रोजले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४०औं मिनेटमा रियाद महारेजले तथा पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । ५५औं मिनेटमा रियाद महारेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै सिटीलाई ४–१ ले अघि बढाए ।

५६औं मिनेटमा चे एडाम्सले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए । ५९औं मिनेटमा केभिन डि ब्रुयनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै सिटीलाई ५–२ को फराकिलो जित दिलाए ।

जितसँगै सिटीले शीर्षस्थानमा १४ अंकको अग्रता लिएको छ । सिटीको २९ खेलबाट ६८ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ५४ अंक छ । पराजित साउथह्याम्टन ३३ अंक जोडेर १४औं स्थानमा छ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.