default_image

3 years ago

March 11, 2021

सेना दिवसमा एन्फा अध्यक्ष शेर्पा सम्मानित

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाले सेना दिवस २०७७ को अवसर पारेर अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई ‘प्रधानसेनापति प्रसंशा पदक’ बाट सम्मानित गरेको छ ।

नेपाली सेनाले नेपाल फुटबल बिकास र विस्तारमामा पु¥याएको योगदानको कदर गर्दै एन्फा अध्यक्ष शेर्पालाई प्रधानसेनापति प्रसंशा पदक’ बाट सम्मानित गरेको हो ।

नेपाली सेनाले यसवर्ष नै त्रिभुवन आर्मी फुटबल क्लब दर्ता गर्दै एन्फाको पहलमा एसियाली फुटबल महासंघ (एएफसी) बाट एएफसी क्लब लाइसेन्स प्राप्त गरेको थियो । एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने आर्मी पहिलो नेपाली क्लब हो ।

अब आर्मीले एएफसीले सञ्चालन गर्ने क्लब स्तरिय प्रतियोगितामा देशको प्रतिधित्वि गर्न पाउनेछ । एएफसीको क्लब लाइसेन्सिङ अपिल समितिको गत पुस ७ गते बसेको बैठकले आर्मीलाई लाइसेन्स दिने निर्णय गरेको थियो ।


आर्मीले यसअघि गरेको प्रयासमा केहि प्रक्रिया कमी हुँदा लाइसेन्स पाउनबाट बन्चित भएको थियो । आर्मीले क्लबको विधान र अन्य आवश्यक मापदण्ड पूरा त्रिभुवन आर्मी फुटबलको बेग्लै क्लब दर्ता थियो । यससँगै आर्मीले खेलाडी विमा, स्वास्थ्य परिक्षण लगायत एकेडेमी निर्माणको प्रक्रिया समेत अघि बढाएको छ ।

घरेलु मैदानका रुपमा आर्मीसँग मुख्यालय भद्रकालीमा सुविधा सम्पन्न मैदान रहेको छ । एएफसीका प्रतियोगिता खेल्न चाहिने क्लब लाइसेन्स प्राप्त गर्न एएफसीले विभिन्न १८ मापदण्ड तोकेको थियो ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.