default_image

3 years ago

March 12, 2021

रामोस र हाजार्ड रियलको प्रशिक्षणमा

129 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका अनुभवी डिफेन्डर तथा कप्तान सर्जियो रामोस र फरवार्ड इडेन हाजार्ड टोलीको पुर्ण प्रशिक्षणमा फर्किएका छन् ।

रियल म्याड्रिडले यो साता ला लिगामा इल्चे र च्याम्पियन्स लिगमा एटलान्टासँग प्रि–क्वाटरफाइनलको दोस्रो लेग खेल्दैछ । ला लिगामा तेस्रो स्थानमा रहेको रियलले शनिबार इल्चेसँग तथा मंगलबार राति एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ । च्याम्पियन्स लिगमा रियल १–० ले अघि छ ।

दुवै खेलाडी प्रशिक्षणमा फर्किएपछि रियलको मनोवल बढेको छ । उनीहरुले टोलीसँगै पुर्ण प्रशिक्षण गरेका छन् । दुवै खेलाडी चोटका कारण पछिल्लो एक महिनायता टोलीमा रहेका छैनन् ।

इडेन हाजार्ड ३० जनवरीमा लेभान्टेसँग २–१ ले पराजित भएपछि ७ खेलमा अनुपस्थित रहेका छन् । कप्तान सर्जियो रामोस एथलेटिको बिल्वाओसँग २–१ ले पराजित भएपछि १० खेलमा अनुपस्थित छन् । रियलले मिडफिल्डर क्यासमिरोले भने लिगको खेल गुमाउनेछन् ।

स्पेनिस टोली सेभिल्ला र बार्सिलोना दुवै च्याम्पियन्स लिगबाट बाहिरिसकेका छन् । रियल पहिलो लेगमा अघि रहँदा स्पेनको अर्को टोली एटलेटिको म्याड्रिड चेल्सीसँग १-० ले पछि छ । दोस्रो लेग एटलटिकोले अवे मैदानमा खेल्दैछ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.