default_image

3 years ago

March 11, 2021

च्याम्पियन सातदोबाटोले आरसिटीलाई हरायो

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई खेलअघि नै लिग च्याम्पियन बनेको सातदोबाटो युथ क्लबले लिगको अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) लाई १–० ले पराजित गर्दै सुखद अन्त्य गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा सातदोबाटोको जितमा मल्दिना आङ्थुपोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
३४औं मिनेटमा कप्तान अमर डंगोलको प्रहारलाई सातदोबाटोका गोलरक्षक सनम राईले डाइभ दिदै बचाउदा रानी पोखरी कर्नर टिम (आरसीटी) अग्रता लिनबट चुक्यो । ६७औं मिनेटमा उज्वल शाहीको हेडर प्रयास गर्दा गोलरक्षक सरोज तामाङ अघि बढ्दा मल्दिना आङथुपोले भलीमा गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा सातदोबाटो १–० ले विजयी हुन सफल भयो । पराजित आरसिटी ११ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा रह्यो । लिगमा १२ टोलीको सहभागिता रहेको लिगबाट सातदोबाटोे शीर्ष डिभिजनमा बढुवा हुदा पुल्चोका स्पोर्टिङ क्लब ५ अंक जोडेर रेलिगेसनमा प¥यो । सातदोबाटोले लिगमा ११ खेलबाट २८ अंक जोड्यो । लिगमा सातदोबाटोले ९ जित १ बराबरी र १ हारको नतिजा निकाल्यो । सातदोबाटो मध्यपुरसँग २–१ ले पराजित भएको थियो ।

लिग च्याम्पियन बनेसँगै सातदोबाटो युथ क्लबले १५ लाख रुपैयाँ हात पारेका छन् । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबले १० लाख रुपैयाँ तथा तेस्रो र चौथो भएको बाँसबारीले ८ लाख र ब्वाइज युनियनले ५ लाख हात पारेका छन् ।

खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर, सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर, खुमलटारका सविन केसी उत्कृष्ट फरवार्ड र सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबैले समान २५ हजार रुपैयाँ हात पारे । विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कृत गरे ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.