default_image

3 years ago

March 12, 2021

आर्सनलले ओलम्पियाकोसलाई हरायो

71 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा ग्रीसको ओलेम्पियाकोसलाई उसकै मैद्यानमा ३–१ को जित निकालेको छ ।

ओलम्पियाकोसको मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलको जितमा मार्टिन ओडगार्ड, गाव्रियल र मोहमेद इलानेले गोल गरे । युसेफ इल अरवीको गोल सान्त्वना बन्यो ।

खेलको ३४औं मिनेटमा यसै विन्टर ट्रान्सफरमा लोनमा स्पेनिस क्लब रियल म्याड्रिडबाट आर्सनल पुगेका मार्टिन ओडेगार्डको गोलबाट आर्सनलले अग्रता लिएको थियो । ५८औं मिनेटमा युसेफ इल अरवीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८०औं मिनेटमा गाब्रियलले विलियनको पासमा गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । ८५औं मिनेटमा मोहमेद इलानेले गोल गर्दै आर्सनललाई ३–१ को सहज जित दिलाए ।

महत्वपुर्ण अवे जितसँगै आर्सनलले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग आर्सनलको मैदानमा १८ मार्चमा हुनेछ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.