default_image

3 years ago

March 12, 2021

विश्वकप छनोटको खेल नेपालमा नहुने!

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट अन्तर्गत आफ्ना बाँकी खेल दशरथ रंगशालामा खेल्ने भनिएपनि कोरोना संक्रमणका कारण अब तीनै कुवेतमा खेल्ने भएको छ ।

कोभिड १९ कै  कारण पटक पटक सर्दै आएको विश्व कप छनोटका विषयमा एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार सेन्ट्रल भेन्यू टुंगाएको छ । विश्वकप र एएफसी एसियन कप समेतको छनोट रहेको खेलको तालिका मे ३१ देखि जुन १५ (२०७८ जेठ १७ देखि असार १ गते) सम्मका लागि तय भएको एएफसीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । विश्व कप छनोटमा नेपालसँगै समूह ‘बी’ मा कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ रहेका छन् ।

नेपालले कुवेतसँग दुवै खेल खेलिसकेको छ भने बाँकी टोलीसँग अवे खेल खेलेको थियो । यसै वर्षको असोजका लागि तय छनोट खेल कोभिड १९ कारण चैतका लागि सारिएको थियो । चैतमा हुने भनिएको खेलपनि पछि नहुने भन्दै एएफसीले नयाँ मिति र सेन्ट्रल भेन्यू तय गरेको हो ।

नेपालले छनोटका ५ मध्ये ४ खेलमा हार र १ खेलमा जित हासिल गरेको थियो । चाइनिज ताइपेलाई २–० ले हराएको नेपालले कुवेतसँग पहिलो लेगमा ७–० र दोस्रोमा १–०, अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो । दशरथ रंगशाला तयार नभएका कारण नेपाल र कुवेतबीचको दोस्रो खेल भुटानमा भएको थियो ।

विश्व कप छनोटका लागि एएफसीले समूह ‘ए’ को खेल चीन, ‘सी’ को बहराईन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘इ को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’ को यूएई र समूह ‘एच’ को दक्षिण कोरियाका लागि सेन्ट्रेल भेन्यू तय गरेको छ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.