default_image

3 years ago

March 14, 2021

शीर्षस्थानको सिटीको सहज जित

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले फुलहममाथि ३–० को सहज जित निकाल्दै उपाधि सम्भावनालाई थप पकड बनाएको छ ।

फुलहमको मैदानमा शनिबार रासत भएको खेलमा सिटीको जितमा जोन स्टोन्स, गाब्रियल जेसस र सर्जियो अगुइरोले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा १३ मिनेटको अन्तरमा भएको थियो । घरेलु टोली फुलहमले बलियो सिटीलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन ।

४७औं मिनेटमा जोओ क्यान्सिलोको पासमा जान स्टोन्सले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ५६औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६०औं मिनेटमा सर्जियो अगुइरोले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । पेनाल्टी बक्समा फेरान टोरेसमाथि एडरवविओयोले फल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा अगुइरो चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

जितसँगै सिटीको ३० खेलबाट ७१ अंक पुगेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५४ अंक छ । सिटी दोस्रो स्थानको युनाइटेडभन्दा १७ अंकले अघि छ । पराजित फुलहम २६ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

अन्य नतिजा
लिड्सविरुद्ध चेल्सी (०–०), क्रिस्टल प्यालेसविरुद्ध वेस्ट ब्रम (–०) र एभर्टनविरुद्ध बर्नले (१–)

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.