default_image

3 years ago

March 14, 2021

बायर्न र डर्टमुन्ड विजयी

29 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले सफलता हात पारेका छन् । बायर्नले वेर्डर ब्रेमेनमाथि उसकै मैदानमा ३–१ को सहज जित हात पारेको हो ।

बायर्नको जितमा लियोन गोरेट्जका, रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले गोल गरे । घरेलु टोलीका निकलस फुलक्रगले एक गोल फर्काए । खेलको २२औं मिनेटमा थोमस मुलरको पासमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।

३५औं मिनेटमा सर्ज जिनाब्रीले मुलरकै पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ६७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । ८६औं मिनेटमा निकलस फुलक्रगले एक गोल फर्काएपनि हार टार्न सकेन ।

जितसँगै शीर्षस्थानमा रहेको बायर्नको २५ खेलबाट ५८ अंक पुगेको छ । पराजित वेर्डर ब्रेमेन ३० अंक जोडेर १२औं स्थानमा रहेको छ ।

बुन्डेस लिगाकै अर्काे खेलमा बोरुसिया डर्टमुन्डले हर्था बर्लिनलाई २–० को पराजित गरेको छ । डर्टमुन्डको जितमा जुलियन ब्रान्ड र युसोउफा मौकाकोले गोल गरे । ८०औं मिनेटमा भ्लादिमिर दारिदा सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि हर्था १० खेलाडीमा समेटिएको थियो ।

जितपछि डर्टमुन्ड २५ खेलबाट ४२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित हर्था २१ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिश प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आजको खेल जित्नै पर्ने दवाव रहेको छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.