default_image

3 years ago

March 14, 2021

रोनाल्डोले आलोचकलाई जवाफ फर्काए

84 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएपछि टोलीको निकै आलोचना भयो । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो त्यसको केन्द्रमा रहे ।

युभेन्टस प्रतियोगिताबाट बाहिरिएसँगै रोनाल्डोको नाम फेरी रियल म्याड्रिडसँग जोडिन थालेको छ । स्पेनिस पत्रिका एएसको स्रोतले जनाएअनुसार रोनाल्डोका लागि युभेन्टसले ट्रान्सफर रकम समेत तोकिसकेको छ । त्यसो त रोनाल्डो आफैं पनि म्याड्रिड फर्कन तयार छन् ।

पोर्टोसँग पराजित भएपछि रोनाल्डोले केहि बोलेका थिएनन् । उक्त हारमा रोनाल्डोले अपेक्षित प्रदर्शन त गर्न सकेनन् नै, त्यसमाथि पोर्टोको फ्रिकिक गोलमा रोनाल्डोले गल्ति गर्दा उनको निकै आलोचना भयो । रोनाल्डोले इन्स्टाग्राममा पोस्ट गर्दै आफ्नो भावना पोखेका छन् ।

उनले लेखेका छन्, ‘जीवनमा कति तल झर्नुहुन्छ भन्दापनि त्यस समस्याबाट कति चाडो उठ्नु हुन्छ त्यो महत्त्वपूर्ण हुन्छ । असली च्याम्पियन कहिल्यै हार मान्दैन । हाम्रो अबको ध्यान काग्लियारीविरुद्ध खेलमा केन्द्रित छ । सिरी ए उपाधि, इटालियन कप फाइनल र यस सिजन जे हासिल गर्न सक्छौं त्यसमा हामी लाग्नेछौं ।’

‘यो सत्य हो की पुराना कुराहरु संग्रहालयमै राख्नुपर्छ । तर यो सत्य हो की फुटबलमा स्मृति पनि हुन्छ र मेरो पनि केहि छ । इतिहास मेटेर सकिन्न र त्यो हरेक दिन एकता, मिहिनेत, संयमता र परिश्रमले लेखिन्छ । जसले यो सब बुझ्दैन, उसले कहिल्यै सफलता हासिल गर्दैन ।’

रोनाल्डोको भविष्यबारे भने क्लबका प्रशिक्षक आन्द्रीए पिर्लोले सामान्य रुपमा लिए । ‘रोनाल्डो ठिक छन् । पछिल्लो खेलमा जे भयो, त्यसपछि यस्तो अभिव्यक्तिलाई सामान्य रुपमा लिएको छु । उनले हिजो राम्रो प्रशिक्षण गरेका छन् र अब सुरुवाती रोजाइमा खेल्ने अपेक्षा छ । प्रतियोगिताबाट बाहिरिएपछि क्लब छाड्ने हल्ला हुनु नयाँ कुरा होइन,’ पिर्लोले भने ।

यो पनि पढ्नुहोस् : ‘रोनाल्डोले समर्थकसँग माफी माग्नु पर्छ’

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.