default_image

3 years ago

March 14, 2021

एपिएफलाई हराउँदै बागमती युथ क्वाटरफाइनलमा

31 views

0 Bookmark

गणेश दर्पण अधिकारी, हेटौंडा

विभागीय टोली नेपाल एपिएफक्लबलाई हराउँदै सर्लाहीको बागमती यूथ क्लब स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बागमतीले एपिएफलाई २–१ ले पराजित गर्यो । विक्रम धिमालले खेलको ३७ औं मिनेटमा हेडमार्फत गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा सागर शाहीले अग्रता दोब्बर पारे । उनले फ्रिकिकमा आएको बललाई हेडरमार्फत गोलमा परिणत गरेका थिए ।

८३ औं मिनेटमा बागमतीका खेलाडीले डीबक्स क्षेत्रमा ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई रवि थिङले गोल गरेपनि एपिएफले नतिजा उल्टाउन सकेन । त्यसअघि दोस्रो हाफको सुरुवातीमा एपीएफका प्रदीप लामाको प्रहारलाई बागमतीका गोलरक्षक अरुण लामाले मुस्किलले बचाएका थिए ।

खेलमा बागमती यूथ क्लवका विक्रम धिमाल म्यान अफ द म्याच हुँदै नगद १० हजारसहित प्रमाणपत्र प्राप्त गरे । एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले खेल राम्रो हुँदाहुँदै पनि खेलाडीको ‘हाइट’ले साथ नदिँदा हार ब्यहोर्नुपरेको प्रतिक्रिया दिए । ‘हाम्रो रणनीति सफल भएन । मुख्य खेलाडीको रुपमा रहेका मिडफिल्डर नै घाइते भए’, उनले भने ।

यता बागमतीका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको मौका सदुपयोग गर्न नसकेको प्रतिक्रिया दिए । ‘हाम्रो अझै टिम सेट हुन पाएन । आशा गरेको खेलाडीबाट राम्रो प्रदर्शन हुन सकेन’, उनले भने, ‘अर्को खेलमा थप सुधारिएको खेल प्रदर्शन हुनेछ ।’

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता अन्तर्गत सोमबार सेमीफाइनल प्रवेशका लागि मछिन्द्र क्लव र संकटा क्लब खेल्नेछन् ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.