default_image

3 years ago

March 14, 2021

अध्यक्षको दबाबपछि कास्की फुटबलकी कोषाध्यक्षको राजिनामा

36 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – लामो समय देखि विवादमा रहँदै आएको कास्की जिल्ला फुटबल संघमा फेरी अर्को चर्चाको विषय सुरु भएको छ ।

कास्की जिल्ला फुटबल संघकी कोषाध्यक्ष विजया गुरुङले अध्यक्ष मिलन गुरुङको दबाबको कारण राजिनामा दिएकी छन् । अध्यक्ष गुरुङले बारम्बार अक्षय कोषको रकम निकाल्न दबाब दिएको र नमानेपछि पद छाड्न भन्दै चर्किएपछि राजिनामा दिएको स्रोतले बताएको छ । उता कोषाध्यक्ष गुरुङले भने पारिवारीक कारण देखाउँदै राजिनामा दिएको बताएकी छिन् ।

पोखराको टुडिखेल मैदानमा संचालन भएको १४ औँ संस्करणको विटि कपको समयमा समेत अध्यक्षले रकम झिक्न निकै अनुरोध गरेको स्रोतले हाम्रो खेलकुदलाई जानकारी दियो । ‘अध्यक्षले बारम्बार रकम चलाउनु पर्यो भन्ने रहेछन् । नमानेपछि अर्को राख्छौं राजिनामा दिनु भनेपछि राजिनामा दिएको हो,’ स्रोतले भन्यो । अध्यक्ष गुरुङले राजिनमा समेत एकलौटि रुपमा स्विकृत गरेको स्रोतले बताए ।

कोषाध्यक्ष विजया गुरुङले भने आफुले राजिनामा दिएपनि फुटबल खेलको विकासका लागि सधैं लागिपर्ने बताइन् । अध्यक्ष मिलन गुरुङले दशौँ बगर भाइखलक एट ए साइट फुटबल प्रतियोगिता संचालन हुदैँ गर्दा राजिनामा स्विकृत गरेका थिए । राजिनामा स्विकृत कार्यसमितिको बैठकले गर्नुपर्ने भएपनि अध्यक्ष आफैंले स्विकृत गरेको स्रोतले बताए।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.